ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक

डढेलोले लिंदै कर्णालीबासीको ज्यान : दुई महिनामा ७ जनाको मृत्यु

१५ बैशाख २०८१, शनिबार
१५ बैशाख २०८१, शनिबार

सुर्खेत, १५ बैशाख ।

गएको चैत २९ गते डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ मा पर्ने सामुदायिक वनमा लागेको डढेलोमा परेका तीनजना बालकको ज्यान गयो । डढेलोमा परी घाइते भएका तीनजना बालकको उपचारका क्रममा मृत्यु भएको हो । उपचारका क्रममा १० वर्षीय सुलस बुढा, १२ वर्षीय विवश बुढा र १३ वर्षीय समन्त बुढाको ज्यान गएको हो । गाउँ नजिकै रहेको वनमा च्याउ टिप्न गएको वेला उनीहरू डढेलोमा परी गम्भीर घाइते भएका थिए ।

डोल्पामै गत चैत २७ गते ठूली भेरी नगरपालिका–४ स्थित मष्टा सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा तीनजना सैनिकको ज्यान गयो । डढेलो निभाउने क्रममा चार जना सैनिक घाइते भएका थिए । जसमध्ये तीनजना सैनिकको ज्यान गएको हो ।

पछिल्लो दुई महिनायता कर्णालीमा आगलागीका घटना बढ्न थालेका छन् । गाउँघरमा आगलागीदेखि लिएर वनमा डढेलो लागेर क्षति भइरहेको छ ।

कर्णालीमा पछिल्लो दुई महिनाको अवधिमा मात्र ७ जनाले आगलागीमा परी ज्यान गुमाएका छन् । प्रदेशमा विगत चार वर्षमा आगलागीबाट ५५ जनाको ज्यान गएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आगलागीको कारण ६७ करोड ९७ लाख ३२ हजार बराबरको क्षति भएको छ । आगलागीबाट प्रदेशका १० जिल्लामध्ये सबैभन्दा बढी मानवीय क्षति कालीकोटमा भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ ।

प्रहरीको तथ्यांक अनुसार कालीकोटमा १३ जना, डोल्पामा आठ जना, सल्यानमा सात, सुर्खेत र जुम्लामा छ–छ जना, दैलेखमा पाँच, मुगुमा चार, जाजरकोट, रुकुम पश्चिम र हुम्लामा दुई–दुई जनाको मृत्यु भएको छ । दुई सय ७८ घर परिवार विस्थापित भएका छन् । तीन सय ५८ वटा पशु चौपायाको क्षति भएको छ ।

कर्णालीमा अझै कतिपय घरमा टुकी, दियालो बाल्ने गरेको र चुरोट, तमाखु, खाँदाफालिएको आगो लगायतले आगलागी हुने गरेको प्रहरीको भनाइ छ । सहरी क्षेत्रमा भने विद्युत् सर्ट भइ आगलागी हुने गरेका छन् । त्यसैगरी गाउँका सामुदायिक वनमा घाँस राम्रो पलाउने भन्दै आगो लगाउने प्रवृत्ति रोकिएको छैन ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विपद् शाखाप्रमुख कृष्णबहादुर रोकायाआगलागीका घटना हुननदिनजनचेतनालाई सशक्तबनाएर लानुपर्ने बताउँछन् । ‘अहिले हामीले गर्ने भनेको सचेतनाका कार्यक्रम नै हो’ उनी भन्छन्, ‘ग्रामीण क्षेत्रमा लापरवाही पनि हुने गरेको छ । जसका कारण आगलागीले ठूलो मात्रामा क्षति गर्ने गरेको छ ।’ सचेतनाको अभावका कारण जहाँ पायो, त्यही चुरोटका ठुटाहरु फाल्ने तथा वनमा डढेलो लगाउने जस्ता कार्यहरु भइरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?