ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित

१५ बैशाख २०८१, शनिबार
१५ बैशाख २०८१, शनिबार

भैरहवा, १५ वैशाख । रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले आफ्नो २८ औं स्थापना दिवस मनाएको छ । क्लबले भैरहवामा ‘चार्टर नाईट एण्ड अवार्ड सेरोमोनी’ गरी स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा बोल्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल–भुटानका डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजुले रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले अन्य क्लबको तुलनामा धेरै सामाजिक र रचनात्मक कार्य गर्दै आएको चर्चा गरे ।

त्यस्तै रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर वर्ष २०२३–०२४ का अध्यक्ष नारायण प्रसाद भण्डारीले क्लबले आयोजना गरेका विभिन्न कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । भीम अस्पताल विकास समितिका पूर्वअध्यक्ष समेत रहेका भण्डारीले आफूले अस्पतालमा अध्यक्षको जिम्मेवारी सम्हालिरहदा कोरोना महामारीमा विभिन्न दाता तथा संघ–संस्थाको सहयोगको ओइरो नै लागेको स्मरण गरे । आर्थिक मन्दीले क्लब पनि मारमा परेको तर त्यसका बाबजुद पनि क्लबले धेरै भन्दा धेरै सामाजिक कार्यहरुलाई अगाडी बढाएको उनले बताए ।

कार्यक्रममा रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका पूर्वअध्यक्ष खिम बहादुर कार्की, क्लबका संस्थापक अध्यक्ष अर्जुन विक्रम शाह, संस्थापक सदस्य डा गोबिन्द वल्लभ भट्ट, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, चेम्बर अफ कमर्श उद्योग व्यापार संगठन० रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ कार्यक्रम संयोजक देवी गुरुङ, रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका प्रेसिडेण्ट इलेक्ट ओम जैसी, सचिव सरिता राना लगायतले बोलेका थिए ।

कार्यक्रममा रोटरी क्लब अफ सिद्धार्थनगरमा आबद्ध रही अनवरत रुपमा २८ वर्षदेखि संस्थापक सदस्यको रुपमा सक्रिय रहँदै क्लबले अघि सारेका सामाजिक कार्यहरु सम्पन्न सहयोग गरेको र ज्ञानु गोविन्द रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर राष्ट्रिय प्रतिभा पुरस्कार’ स्थापना गर्न रु २५ लाखको अक्षयकोष स्थापना गरेको भन्दै डा गोविन्द वल्लभ भट्टलाई सम्मान गरिएको थियो । अक्षयकोषले समाजमा रहेका विभिन्न क्षेत्रका महिला प्रतिभाहरु लगायत राष्ट्रिय ख्याती प्राप्त प्रतिभाहरुलाई प्रोत्साहन गर्न आफ्नो सामाजिक उत्तरदायित्वसहित योगदान पुर्याएको भन्दै सामाजिक कार्यको उच्च मूल्यांकन गर्दै डा भट्टलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

त्यस्तै ज्ञानु गोविन्द रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१’ बाट चारजनालाई विभिन्न विधामा पुरस्कृत गरिएको छ ।

नेपालका पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी शक्ति प्रसाद गौचनलाई रु ५१ हजार र कदरपत्रसहित खेलकुद पुरस्कार प्रदान गरिएको थियो । क्रिकेटमा विशेष योगदान गरेको भन्दै गौचनलाई पुरस्कार प्रदान गरिएको क्लबले जनाएको छ ।

त्यसै गरी उच्च शिक्षा अध्ययनमा योगदान पुगोस् भन्ने उद्देश्यले छात्रवृत्तिसहित शिक्षाको कदर गर्दै द्वारिका धामीलाई नगद रु। २५ हजार र कदरपत्रसहित शिक्षा पुरस्कार तथा सामाजिक कुरीति, बालविवाहविरुद्ध अभियान चलाएको र किशोरीहरुलाई पुनः विद्यालय शिक्षामा जोड्न विशेष योगदान पुर्याएको भन्दै रचना लम्साललाई नगद रु २५ हजार र कदरपत्रसहित शिक्षा विकास पुरस्कार प्रदान गरिएको थियो ।

त्यस्तै सामाजिक कुरीतिविरुद्ध अभियान चलाएको र प्रौढ शिक्षामा विशेष योगदान पुर्याएको भन्दै खैरुन निशा सैयदलाई नगद रु ५१ हजार र कदरपत्रसहित सामाजिक पुरस्कार प्रदान गरिएको रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका पूर्वअध्यक्ष तथा मूल्यांकन तथा छनौट समिति संयोजक खिम बहादुर कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?