© २०२३
बुटवल,१२ बैशाख । कसौधन समाज रुपन्देहीले हनुमान जयन्तीको अवसरमा सर्वसाधारण बटुवालाई सर्बत र पानी खुवाएको छ । कसौधन समाज रूपन्देहीले बुटवल राममन्दिर लाईनमा आयोजना गरेको कार्यक्रममा २५ सय जना लाई सर्बत पानी खुवाउन सफल भएको कार्यक्रम संयोजक कसौधन युवा समितिका सदस्य दिपक कसौधनले जानकारी दिए । सोही कार्यक्रममा कसौधन युवा समिति अध्यक्ष बलराम कसौधन, कसौधन महिला समितिकी उपाध्यक्ष पूजा कसौधन र कसौधन सेवा समितिका पूर्व अध्यक्ष अशोक कसौधनले सामाजिक काम गर्नु नै हरेक संघसंस्थाको दायित्व हुने बताए ।