© २०२३
काठमाण्डौ ।
नेपालमा बढिरहेको गर्मीसँगै ‘लू’ को जोखिमसँग लड्न सरकारले राष्ट्रिय रणनीति बनाएर अगाडि बढ्नुपर्ने विज्ञले सुझाव दिएका छन् । नेपालमा ‘लू’ को अवस्था अझै केही दिन रहने भएकाले सरकारले तत्काल सक्रियतापूर्वक काम गर्नुपर्ने विज्ञले सुझाव दिएका हुन् । यो वर्ष अधिक गर्मी र अधिक वर्षा हुने पूर्वानुमान रहेकाले पूर्वसूचना र पूर्वतयारीको काम अहिलेदेखि नै शुरु गर्न सरकारसँग उनीहरूले आग्रह गरेका छन् ।
सरकारले ‘लू’ बाट बच्नका लागि गर्मीसँग लड्ने राष्ट्रिय स्वास्थ्य रणनीति बनाउन जरुरी रहेको जलवायु विज्ञ डा:धर्मराज उप्रेतीले बताए। आमनागरिकलाई ‘लू’ बाट जोगाउन अहिले नै प्रतिकार्यका कार्यक्रम लागू गर्न जलवायु विज्ञ उप्रेतीले आग्रह गरेका छन । उनले रोजगारीको क्षेत्रदेखि किसानलाई समेत गर्मीले बढी असर गर्ने भएकाले कस्तो सावधानी अपनाउने र कस्तो योजना बनाएर अघि बढ्ने भन्नेबारेमा सरकार चनाखो हुन जरुरी रहेको बताए ।
धेरै देशहरूले गर्मीबाट बच्ने रणनीति बनाइसकेको उल्लेख गर्दै डा। उप्रेतीले नेपालले पनि मानव स्वास्थ्यसहित पशु स्वास्थ्य र वनस्पतिमा पर्ने असरलाई मध्यनजर गरी ुहिट एक्शन प्लानु बनाउन जरुरी रहेको बताएका छन।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी