ट्रेंडिंग:

>> नुवाकोट उत्कृष्ट पर्यटकीय गन्तव्य >> अनुसन्धानको पाटोलाई सरकारले उपेक्षा गरेको आरोप >> अन्तर्राष्ट्रिय सम्मेलनमा लुम्बिनीका मुख्यमन्त्री आचार्यको प्रस्तुतिः बुद्ध सर्किटमा मोनोरेल र नमुना राजधानीका लागि विदेशी लगानीको आह्वान >> बक्यौता नउठाई उद्योगमा लाइन जोड्ने सरकारको निर्णयविरुद्ध रिट दायर >> महालेखाले अर्थमन्त्रीलाई बुझायो एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदन >> पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति >> रवि लामिछानेको प्रतिक्रिया- ‘खोरमा थुन्दैमा बाघ स्याल हुँदैन्’ >> अदालतका दुई कर्मचारी घुससहित पक्राउ >> कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु >> वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ >> फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले आइतबारसम्म कति कमायो ? >> धर्मका नाममा राजनीति र अतिवाद हुन हुँदैन- प्रधानमन्त्री ओली >> नेप्सेमा ११ अंकको गिरावट, ७ अर्बको कारोबार >> दीपक मनाङे जेल चलान >> नागढुङ्गाबाट सुनसहित एक भारतीय पक्राउ >> अवैध लागूऔषधसहित पक्राउ >> दीपक मनाङेलाई जिल्ला अदालतमा पेश, आजै कारागार चलान हुने >> नेपालको कुवेतमाथि १६५ रनको फराकिलो जित >> कृषि यन्त्रको प्रयोगले खेतीपाती सहज >> रास्वपाका पदाधिकारी र सांसदविरुद्धको अवहेलना मुद्धा दर्ता गर्न सर्वोच्चको आदेश >> रवि लामिछानेको सरकारी वकिलको कार्यालयमा बयान लिन शुरु >> बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय >> स्थानीय तहको उपनिर्वाचनको उम्मेदवार बन्न कस्तो योग्यता चाहिन्छ ? >> अखिल तिलोत्तमाको अक्षयकोष निर्माण अभियान >> कप्तान पुजाको शतकमा नेपालले कुवेतलाई दियो २१४ रनको विशाल लक्ष्य >> सवारी दुर्घटना न्युनीकरण गर्न गृहमन्त्रीको प्रहरीलाई निर्देशन >> लामिछानेलाई भैरहवा ल्याइयो, विमानस्थल बाहिर रास्वपाका कार्यकर्ताको प्रदर्शन >> रवि लामिछाने चढेको विमान पोखराबाट उड्यो >> रवि लामिछाने पोखरा विमानस्थलमै, भैरहवाको मौसम प्रतिकुल हुदा उडान हुन सकेन >> बुटवलमा प्रिमियम र स्मार्ट नामी इभी गाडी सार्वजनिक >> फिल्म ‘कार्साङ’ मा जितु नेपालको क्यारेक्टर लुक्स सार्वजनिक >> सुन तोलाको २४ सयले घट्यो >> नेपाली यू-१९ टिमले कर्नाटकाको यू-१९ टिमसँग मूलपानीमा पाँच अभ्यास खेल खेल्ने >> भारतको उत्तरपूर्वी राज्य मणिपुरको जिरिबाममा अनिश्चितकालीन कर्फ्यू >> दीपक मनाङे पक्राउ >> लाल आयोगको प्रतिवेदनमा के छ ? >> ट्रम्प र पुटिनबीच टेलिफोन कुराकानी नभएको मस्कोको दाबी >> काठमाडौँ महानगरले सामुदायिक विद्यालयका विद्यार्थीलाई १६ खेलमा प्रशिक्षण दिने >> माओवादीको विरोध सरकारमा नहुनुको छटपटी हो- प्रधानमन्त्री ओली >> एकादशीमा गुल्मी र पाल्पाका पालिकामा बिदा >> रामग्राम स्तुपमा आउने धार्मिक पर्यटक व्यवस्थापनमा चुनौति >> पर्यटकहरूमाथि हुने सास्ती रोकियोस् >> कता गैरहेको छ, शिक्षामा भएको लगानी ? >> सीमा पारीको प्रदूषण, वारी सास्ती >> पहाडी हावापानीमा लटरम्म किवी >> रवि लामिछानेलाई बुटवल ल्याइँदै >> तिहारको देउसी–भैलोः संस्कृतिको बचाउ कि, कमाउ धन्दा ? >> तीस बर्षपछि स्वास्थ्य चौकीले पायो नयाँ संरचना >> आज हरिबोधनी एकादशी : तुलसीसँग विष्णुको विवाह गरी मनाइदै >> यू-१९ महिला विश्वकप एसिया छनोटः आज नेपाल र कुबेत भिड्दै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी तहको पठनपाठन शुरु

७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार

दाङ, ७ बैशाख ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा स्नातकोत्तर तह अर्थात एमडी तहको पठनपाठन शुरु भएको छ । पश्चिम क्षेत्रमै पहिलो पटक एमडी तहको पठनपाठन शुरु भएको शुक्रबार प्रतिष्ठानले एक कार्यक्रम गरी जानकारी गराएको हो ।

पोष्ट ग्र्याजुएट रेसिडेन्सका रुपमा एमडी तहको ३ वर्षे अध्ययनका लागि भर्ना भएका डाक्टरहरुलाई स्वागतसहित प्रतिष्ठानले पछिल्लो समय स्वास्थ्य सेवा बिस्तारसँगै प्रदान गरिरहेको सेवाका बारेमा जानकारी पनि गराईएको थियो ।

चिकित्सा शिक्षा आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि निर्धारण गरेको ४वटा सीटमा एमबीबीएस अध्ययन गरिसकेका डाक्टरहरु विद्यार्थीका रुपमा भर्ना भएका हुन् । जस अनुसार, एमडी जिपीमा २ जना, गाईनोकोलोजीमा १ जना र अर्थोपेडिकमा १ जना भर्ना भएका छन् । एमडी तहको पठनपाठनका लागि प्रोफेसर डा. नारायणसिंह गुरुङ, एशोसियट प्रोफेसर डा. बसन्त लामिछाने, प्रतिष्ठानका डिन सागर पन्थीलगायत खटिएको प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछाने जानकारी दिए ।

सो अवसरमा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुनले स्वास्थ्य क्षेत्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पछिल्लो समय प्रदान गर्दै आएको स्वास्थ्य सेवामा गुणस्तर कायम राख्दै शैक्षिक कार्यक्रम संचालनको थालनी गर्नु यस क्षेत्रको लागि ठूलो उपलब्धी रहेको बताए ।

प्रतिष्ठानको काम, कर्तव्य र अधिकार क्षेत्रलाई माथि उठाउन सबै लाग्नुपर्ने बताउँदै स्वास्थ्य मन्त्री पुनले पश्चिम क्षेत्रमा यस प्रकारको स्वास्थ्य सेवा बिस्तारले आम नागरिकलाई स्वास्थ्य सेवा लिन निकै सहज हुने विश्वास व्यक्त गरे । उनले प्रतिष्ठानको आगामी कार्यक्रम र सेवा बिस्तारका लागि आवश्यब बजेट विनियोजनका लागि पहल गर्ने पनि बताए ।

कार्यक्रममा प्रदेश स्वास्थ्य सचिव जनार्दन पन्थीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान जन्माउन यस क्षेत्रबाट धेरैले पहल थालेको स्मरण गर्दै उद्देश्य अनुसारको प्रतिष्ठानको कामले गतिलिँदै गएको हुँदा आगामी शैक्षिक कार्यक्रम र प्रतिष्ठानको सेवा बिस्तारमा सबै लाग्नुपर्ने बताए । प्रतिष्ठानमा भरपर्दो र प्रभावकारी विभिन्न प्रकारका नियमित स्वास्थ्य उपचार सेवासँगै गत वर्षदेखि बिएनएस नर्सिङ र बिएस्सी नर्सिङ तहको पठनपाठन हुँदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?