© २०२३
काठमाण्डौ ।
लडाकु समूह हमासको आक्रमणपछि इजरायलमा बेपत्ता भएका विपिन जोशीको परिवारले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका छन् । जोशीका बुबा–आमासहितको टोलीले आज बिहान प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेट गरी विपिनको सकुशल उद्धारका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले आफू विपिनको रिहाइका लागि चिन्तित र गम्भीर रहेको बताए । साथै विपिनको रिहाइका लागि निरन्तर पहल भइरहेको र छिटै सकारात्मक परिणाम आउनेमा आशावादी रहेको बर्ताएका छन ।
गएको असोजमा हमास लडाकु समूहले इजरायलमा गरेको आक्रमणमा परि १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो । त्यस बेला कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशी सम्पर्कविहीन भएका थिए । उनको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी