© २०२३
बुटवल, ५ वैशाख । बारटेन्टर र मिक्सोलोजी सिक्दै गरेका युवाहरुलाई प्रोत्साहन गर्ने उदेश्यका साथ ईहटरीमा भईरहेको ईस्टन क्राफट एण्ड फलेयर्स सिरिज प्रतियोगितामा बुटवलका आठ जना युवाहरु अन्तिम २० मा स्थान बनाउन सफल भएका छन । नया वर्ष २०८१ को अवसरमा ईलाईट बारटेन्डर ईटहरी र स्टीक्ली फलेयर काठमाण्डौको आयोजना तथा नेष्ट फाष्टफुडको सहकार्यमा ईटहरीमा भएको ईस्ट्रन क्राफट एण्ड फलेयर्स सिरिजमा स्टेप अफ हस्पिटालिटीका आठ जना युवाहरु दोस्रो चरणमा प्रवेश गरेका हुन । स्टेप अपका राहुल बुढाथोकी मगर, मिलन थापा, सलोन सुनार, विश्वास गुरुङ, रेशम गुरुङ, प्रितम थापामगर, रोशन चौधरी, आशिष थापामगर रहेका छन ।
देशभरबाट ५५ जना अनलाईन भिडियो पेश गरेकोमा उनिहरु अन्तिम २० छनौट भएका हुन । अब दोस्रो चरणमा उत्कृष्ट १० छनौट गरि त्यसबाट विजेता घोषणा गरिने छ । उपाधि विजेताले नगद ३० हजार, उपविजेताले २० तथा तृतिय स्थान हासिल गर्ने एक जनाले १० हजार रुपैयासहित गिफट हेम्परबाट पुरस्कृत गरिने छ । प्रतियोगितामा प्रशिक्षक सन्तोष आचार्य, विष्णु सारु र राम गौतम रहेका छन ।
बैशाख ९ गते आईतबार ईटहरीस्थित क्लब ‘के’ मा फाईनल प्रतिस्प्रर्धा हुने छ । युवा पुस्तामा फलेयर बारटेन्टर र मिक्सोलोजी पेशामा आर्कषण रहेको निर्णायक विष्णु सारुको दाबी छ । युवाहरुमा फलेयर बारटेन्टर र मिक्सोलोजी प्रतिको क्रेजलाई बढाउन प्रतियोगिताले मद्यत मिल्ने उनी बताउछन । देशका विभिन्न स्थानमा प्रतियोगिता हुदै आएको भन्दै उनले युवाहरुमा रहेको प्रतिभालाई प्रस्फुटनका साथै उनिहरुलाई प्रोत्साहन मिल्ने बताए । मिक्सोलोजी र फलेयरमा आधार बनाई त्यसभित्र स्वाद, प्रस्तुति, स्टोरी टेलिङ, सृजनात्मक, ओरिजानिटी, कठिनाई, कोरियोग्राफीका कुराहरुलाई मुख्य आधार बनाएर हुने उनले बताए । फलेयर बारटेन्टर र मिक्सोलोजी एउटा कला भएको उनले बताए ।
स्टेप अफ हस्पिटालिटीमा हाल ५० जना युवाहरुले फलेयर बारटेन्टर, बारिष्टा विषयमा ब्यवहारिक शिक्षा लिने गरेको छ । सिटिईभिटिबाट मान्यता प्राप्त ३ महिनाको कोर्ष दिईने उनले बताए । पढाईपछि रोजगार पक्का हुने हुदा युवाहरुमा आर्कषण बढी रहेको उनले बताए ।