ट्रेंडिंग:

>> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो >> रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै >> दयाहाङ र रिश्मा फेरी एकसाथ, ‘रिमै’ को छायांकन शुरु

तिलोत्तमामा ऋष्यश्रृङ्गको शालिक अनावरण

५ बैशाख २०८१, बुधबार
५ बैशाख २०८१, बुधबार

बुटवल, ५ बैशाख । रुपन्देहीको तिलोत्तमा नगरस्थित श्रृङ्गेश्वर धाममा ऋष्यश्रृङ्ग ऋषिको शालिक अनावरण गरिएको छ । गुल्मेली सम्पर्क समाज रुपन्देहीको गुरुयोजना अनुसार धाम परिसरमा समाजका आजीवन सदस्य ई.कृष्णप्रसाद भण्डारी तथा लक्ष्मी पन्त भण्डारीको आर्थिक सहयोगमा ऋष्यश्रृङ्ग ऋषिको सम्मानमा शालिक निर्माण गरिएको हो ।

एक समारोहबिच समाजका अध्यक्ष डा. नारायणप्रसाद पन्थले रामनवमी २०८१ को पावन अवसर पारेर अनावरण गर्दै दानवीर भण्डारी परिवारप्रति आभार ब्यक्त गरे । ऋष्य श्रृङ्ग ऋषिको महिमा गान प्रस्तुत गर्दै उनले संस्कृति, संस्कारको रक्षामा नया पुस्तालाई लगाउन जरुरी रहेको बताए । प्राचीन युगमा ऋष्यशृङ्ग ऋषिको तपोभूमि एकातर्फ वर्तमान रुरु गा.पा. बलेटक्सार – तथा छत्रकोट गा. पा. धरमपोखराको शिरमा पर्ने श्रृङ्गा गुफा र अर्कोतर्फ तम्घासको शिरमा पर्ने रेसुङ्गामा तपस्या गरिबस्ने ऋष्यश्रृङ्ग ऋषि भएकाले उनै ऋषिको नाम अपभ्रंश भएर रेसुङ्गा र श्रृङ्गा भएको हो भन्ने तथ्य पाइने बताए । ऋष्यशृङ्ग ऋषिले नै दशरथका सन्तान नभएपछि अयोध्यामा गएर पुत्रेष्ठि यज्ञ गराएको र रामलक्ष्मण जन्मेको सन्दर्भ विभिन्न ग्रन्थहरूमा उल्लेख भएको उनले बताए ।

ऋष्यशृङ्ग मुनिको दर्शन गर्न अयोध्याबाट आएका राम र लक्ष्मणले तिनै ऋषिसँग त्यहाँका समस्याका बारेमा प्रश्न गरेका र ती ऋषिले पानीको समस्या बताएपछि जमिनमा बाण हानेर पानी निकालेको कुवाको नाम रामकुवाका नामले अहिले पनि त्यहाँ देख्न सकिने उनले बताए । शालिक निर्माणकर्ता ई. भण्डारीले ऐतिहासिक युगपुरूषको सम्मान सबैको दायित्व भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?