© २०२३
बुटवल, ४ बैशाख । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रालिद्धारा संचालित बुटवलको सिद्धार्थ कटेजलाई हरियो स्टीकर (थ्रि स्टार) प्राप्त गर्दै अतिउत्तममा पर्न सफल भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाबाट गरिएको अनुगमन गर्दा कटेजको सेवाको गुणस्तरीय ए ग्रेडको रहेको हुदा हरियो स्टिकर पाएको हो ।
खाद्य मापदण्डमा ९३ अंकसहित अतिउत्तम रहेको खाद्य निरिक्षक दिपक कुमार यादवले बताए । । नेपाल सरकारको ५० वटा विभिन्न बुदाहरुलाई आधार बनाएर कार्यालयबाट गरिएको अनुगमनमा सिद्धार्थ कटेजको सेवा अतिउत्तम भएको उनले बताए । होटलको सेवालाई मुख्य गरि ए, बि, सि र डि गरि चार ग्रेडहरु दिदै आएको उनले बताए । ९० भन्दा माथि अंक पाउने होटललाई ए ग्रेड दिईने उनले बताए । यसैगरि ८०–८९ सम्म बि, ६५–७९ सम्म सि तथा ५०–६५ सम्म डि ग्रेड दिईने उनले बताए । ‘यो एक वर्षको लागि मान्य हुन्छ ।’— उनले भने ।
नेपाल सरकारको ५० वटा विभिन्न बुदाहरुमा आधार बनाएर मापदण्ड बनाएर गरिएको अनुगमनमा कटेजको सेवा अतिउत्तम बन्न सफल भएको कटेजका शाखा प्रमुख केशव बश्यालले बताए। ग्राहकको सन्तुष्टिसंगै स्वस्थ्यमा समेत ध्यान दिन गरि किचन, खानाको लेभल, सरसफाई, तापक्रम, नो स्मोकिङ जोन, फ्रिजको तापक्रमको अवस्था रेकर्ड, कर्मचारीको तालिमलाई ध्यान दिदा राम्रो नतिजा आएको उनले बताए ।
अनुभवी सेफ केशव अर्यालले स्वाद पर्यटनमा नेपाल निक्कै धनि भएको भन्दै मानव स्वस्थ्यसंग खानेकुरा जोडिने बताए । किचन सफा र हाईजेनिक राख्न सफल हुदा अति उत्तम बन्न सफल भएको उनले बताए ।
पहिलो चरणको फागुनमा र दुई चरणमा भएको चैत २४ देखि शुरु भएको कार्यालयका खाद्य अनुसन्धान अधिकृत जोस्ना शर्माले बताईन । अनुगमनको क्रममा कतिपय मापदण्डमा कमजोर रहेका होटललाई आवश्यक सुझाव दिने गरिएको उनले बताईन । होटल ब्यवसायीहरु आफ्नो सेवालाई ग्रेडिङको लागि कार्यालयमा दिने निवेदनको आधारमा ग्रेडदिने गरिएको कार्यालयका प्रमुख अनुप हलुवाईले बताए । रुपन्देहीका १३ वटा होटलबाट निवेदन दिएको आधारमा अनुगमन गरिएको उनले बताए ।