© २०२३
काठमाडौं, ३० चैत । सरकारले संघीय संसदको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
२०८१ वैशाख २ गते राति १२ बजेदेखि लागू हुनेगरी संसदको अधिवेशन अन्त्यका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय भएको शर्माले बताइन् । नेपाली कांग्रेसले भने गृहमन्त्री रवि लामिछाने माथि सहकारी ठगी प्रकरणमा छानवीन गर्न संसदीय छानवीन समिति माग गरेको बेला अधिवेशन अन्त्य गर्नु निरंकुश चरित्र भएको बताए ।