ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

ज्येष्ठ नागरिकलाई फुलबारीमा सन्चोबिसन्चो पौवा

२७ चैत्र २०८०, मंगलवार
२७ चैत्र २०८०, मंगलवार

बुटवल, २७ चैत ।

ज्येष्ठ नागरिकहरुलाई लक्षित गरि मणिमुकुन्द सेन उद्यान फुलबारीमा सन्चोबिसन्चो पौवा निमार्ण हुने भएको छ । परिवारमा अधिकांश सदस्य वैदेशिक अध्ययन र रोजगारमा हुदा घरमा एक्लिएका ज्येष्ठ नागरिकहरुलाई लक्षित गरि सन्चोबिसन्चो पौवा निमार्ण गरिने भएको हो ।

उद्यान परिसरमा रहेको पाँच सय वर्ष पुरानो शिवालय मन्दिरको नजिकमा पौवा निमार्ण हुने छ । जहाँ ज्येष्ठ नागरिकहरु जम्मा भएर भजनकिर्तन, एकआपसमा भलाकुसारी गर्ने वातावरण तयार गरिने उद्यानका अध्यक्ष माधव प्रसाद नेपालले बताए । रुपन्देहीको उत्कृष्ट पर्यटकिय गन्त्ब्य मणिमुकुन्द सेन उद्यान फुलबारीमा सन्चोबिसन्चो केन्द्र थप आर्कषण र सामाजिक उत्तरदायित्वका रुपमा महत्वपूर्ण हुने उनले बताए । २४ फुट लम्बाइ र १२ फुट चौडाईको पुरानो पौवाको शैलीमा सन्चो बिसन्चो केन्द्र तयार गरिने उनले बताए ।

एक कार्यक्रमका बिच मंगलबार बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले सन्चो बिसन्चो केन्द्रको शिलान्यास गर्दै सबै वर्ग र उमेरका पर्यटकलाई रमणीय स्थलका रुपमा फुलबारी बनेको बताए । बच्चाहरुलाई चिल्ड्रेनपार्क, चिडियाघर, युवाहरुलाई विभिन्न अध्ययन गर्न सकिने पुरातात्विक स्थलका साथै पिकनिक स्पटहरु तथा ज्येष्ठ नागरिकहरुलाई समेत समय कटाउन सक्ने गरि सन्चोबिसन्चो केन्द्र स्थापना हुने उनले बताए । देश र समाज विकासमा जिवनका उर्जावान समय खर्चेका ज्येष्ठ नागरिकहरुको सम्मान स्वरुप पालिकाबाट विभिन्न कार्यक्रमहरुमार्फत सम्बोधन गरिरहेको उनले बताए । बाआमासंगै नगरप्रमुख कार्यक्रममार्फत ज्येष्ठ नागरिकहरुलाई घरदैलोमा स्वास्थ्य परिक्षण तथा औषधी वितरण गरिएको छ ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष श्री सुनिल शाक्य, उद्यानका निवर्तमान अध्यक्ष खेम प्रसाद लुइँटेलले पर्यटकिय स्थलमा सबैको अपनत्व हुने गरि फुलबारीमा नयानया अवधारणाहरु बनाईएको बताए । घरमा एक्लो भएका ज्येष्ठ नागरिकहरुलाई सन्चोबिसन्चो पौवा धेरै नै उपयुक्त हुने दाबी गरे ।

कार्यक्रममा उद्यानका महासचिव युवराज घिमिरेले बुटवल उपमहानगरपालिकाको १० लाख रुपैया तथा उद्यानको १ लाख ५० हजार रुपैया लागत साझेदारीमा आगामी जेठ १५ गते भित्र निर्माण सम्पन्न गरिने लक्ष्य रहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?