© २०२३
बुटवल, २५ चैत । चितवनमा बैशाख २ गतेबाट हुने ‘प्रथम बागमती अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता २०८०’ मा भाग लिने लुम्बिनी प्रदेशका तेक्वान्दो खेलाडीहरुलाई शुभकामना तथा बिदाई कार्यक्रम गरिएको छ । प्रदेश खेलकुद परिषद लुम्बिनीका कोषाध्यक्ष कोशिश बहादुर खडकाले खेलाडी तथा अफिसियल टिमलाई आईतबार खादा लगाएर शुभकामना दिदै बिदाई गरेका हुन ।
लुम्बिनी प्रदेश तेक्वान्दो टिमबाट ११ जना महिला खेलाडी, ११ जना पुरुष खेलाडीहरु पुम्से तथा ग्यारोगी मा प्रतिस्पर्धा गर्दै छन । टिम कोचमा मदन थापा तथा बिष्णु चौधरी टिम ब्यवस्थापकमा राम प्रसाद कहार छन ।
प्रदेश खेलकुद परिषद लुम्बिनी का कोषाध्यक्ष तथा नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य कोशिश बहादुर खड्काले मार्शल आर्टमा लुम्बिनीको पुरानो इतिहासलाई ब्युताउने गरि एकतावद्ध भई लागेको बताए । बन्द प्रशिक्षण र तयारी राम्रो भएको हुदा तेक्वान्दो टिमको राम्रो परिणाम ल्याउनेमा आशाबादी रहेको बताए ।