ट्रेंडिंग:

>> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन

एम्सबाट लुम्बिनी पीस म्याराथन रुटलाई मान्यता

नेपालगंज, काठमाडौ र पोखरा म्याराथनसंगै अब एम्सबाट मान्यता पाएको लुम्बिनी पीस म्याराथन चौथो ईभेन्ट बनेको छ ।
२३ चैत्र २०८०, शुक्रबार
२३ चैत्र २०८०, शुक्रबार

बुटवल, २३ चैत । लुम्बिनी पीस म्याराथनको रुट अन्तराष्ट्रिय मान्यता पाएको छ । बुद्धजन्मस्थल लुम्बिनीमा हुने यो म्याराथनलाई खेलकुदको स्वतन्त्र मान्यता प्राप्त सदस्यहरूको गठबन्धन (एम्स) ले मान्यता दिएको हो । दोस्रो संस्करणको म्याराथनको आयोजना हुन लागेको बेला नेपाल ओलम्पिक कमिटिको सहयोगमा एम्सका प्रतिनिधिले लुम्बिनी पीस म्याराथनको रुटलाई मापन गरि सर्टिफिकेट दिएको हो ।

‘नेपालगंज, काठमाडौ र पोखरा म्याराथनसंगै अब एम्सबाट मान्यता पाएको यो चौथो ईभेन्ट बनेको छ ।’—प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले बताए । विश्व शान्तिको मुहान लुम्बिनीमा खेलसंग जोडेर पर्यटन प्रवद्र्धनको अभियानलाई अघि बढाउन आवश्यक रहेको उनले बताए । विश्वकै उत्कृष्ट ईभेन्टका रुपमा लुम्बिनी म्याराथन हुने उनले दाबी गरे । प्राविधिक टोलीहरु आएर करीब ३ दिनको काम सकेर रुट फाईनल भएको उनले बताए । लुम्बिनीको शान्ति दीपबाट शुरु भएर भैरहवासम्मको २१ किलोमिटर दुरी मापन भएको सदस्यसचिव जयप्रकाश भट्टराईले बुटवलटुडेसंग बताए । दुई वटा निमार्णधिन पुल अहिले म्याराथनलाई बाधक बनेको उनले दुखेसो गरे । ट्राफिक समन्वय गरेर यो वर्ष ब्यवस्थापन गरिने र पुल निमार्ण भएपछि भने यो उत्कृष्ट रुट बन्ने उनले बताए ।

बुद्ध जन्मस्थल लुम्बिनीमा नेपाल पर्यटन बोर्ड, नेपालस्थित जनबादी गणतन्त्र चीनको दुताबास, लुम्बिनी विकास कोष (एलडिटी), र प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजना तथा नेपाल ओभरसिज चाईनिज एशोसियसन (एनओसिए), लुम्बिनी स्थित झोङ हुआ गुम्बा र लुम्बिनी होटल एशोसियसनसंगको सहआयोजना तथा लुम्बिनी बौद्ध विश्वविद्यालय, युनान पर्वतारोहण तथा आउट डोर स्पोर्ट एशोसियसन, लुम्बिनी प्रदेश पर्यटन विकास परिषद र ग्रिनरोडको सहकार्यमा २३ र २४ गते लुम्बिनी अन्तराष्ट्रिय शान्ति महोत्सव शुरु भएको हो ।

प्रतियोगिताको पुरुषतर्फ अन्तराष्ट्रिय मापदण्ड अनुसारको ४२ किलोमिटर बढीको म्याराथन दौड हुनेछ भने महिलातर्फ २१ किलोमिटर दुरिको हाफ म्याराथन दौड हुनेछ । पाच किलोमिटरको रोड रेस र विद्यालयका छात्रछात्राको लागि ३ किलोमिटर वाकाथन पनि हुनेछ । प्रतियोगिताको विद्यागत रुपमा २० लाख रुपैया खर्च हुने अनुमान छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?