Butwal Today

जसपाका मन्त्रीले दिए राजीनामा

२२ चैत्र २०८०, बिहीबार
अ+
अ-

बुटवल, २२ चैत । लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्रालय भण्डारी लाल अहिरले मन्त्री परिषदवाट राजिनामा दिएका छन् । उनी नयां सत्ता गठबन्धनको दल जसपाबाट मन्त्री बनेका थिए् ।

नेपालको सम्विधानको धारा १६९ उपधारा १ को खण्ड क बमोजीम लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषद सदस्य तथा कृषि तथा भूमी व्यवस्था मन्त्री पदबाट राजिनामा दिएको राजिनामा पत्रमा उल्लेख छ ।

लुम्बिनीमा डिल्ली चौधरी सरकार अल्पमतमा परेपछि नयाँ सत्तारुढ गठबन्धन दललाई समर्थन गर्ने तयारीका साथ जसपाका सासंद अहिरले राजिनामा दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?