© २०२३
नवलपुर, २० चैत ।
पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका वडा नं. ४ मा आगलागी हुँदा घर गोठ नष्ट भएको छ ।
मध्यविन्दु नगरपालिका वडा नं. ४ लुस्लरी बस्ने राम शरण बि.क.को जस्ताको छानो भएको काठको घर र गोठमा अचानक आगलागी हुँदा एउटा भैँसीको पाडी जलेर मरेको, काठपात, घाँस दाउरा गरी तीन लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीय, दमकल र प्रहरीको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको, र अन्य अनुसन्धान कार्य भइरहेको जनाईएको छ ।
यसैगरी बुलिङ्टार–१ को सतीकोटमा समेत आगलागी हुँदा दुइ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीय शुभ थापा मगर र श्याम आले मगरको घर एक्कासी जलेर दश लाख बराबरको मालसामान पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।