© २०२३
बुटवल, १८ चैत । रुपन्देहीमा जारी छैटो खड्ग प्रसाद गौचन मेमोरियल यु—१९ क्रिकेट प्रतियोगिता २०८० मा समुह बि अन्तरगत भएको खेलमा क्रिकेट एक्सलेन्स सेन्टर, काठमाण्डौ र धनगढी क्रिकेट क्लब अन्तिम चारमा स्थान बनाएका छन । शनिबार भएको खेलमा सिईसि काठमाण्डौले धनगढीमाथि ५ बिकेटको जित निकाल्दै समुह विजेता बन्यो । योसंगै प्रतियोगिताको अन्तिम चारको टुगो लागेको हो । आईतबार समुह ए को उपविजेता मदन भण्डारी स्र्पोटस एकेडेमी र समुह ए को विजेता सिईसी काठमाण्डौ बिच पहिलो सेमिफाईनल खेल हुनेछ । दोस्रो सेमीफाईनल खेल भने स्टार एकेडेमी र धनगढीका बिचमा सोमबार हुने छ ।
एक्स्ट्रा टेक ओभल क्रिकेट मैदानमा शनिबार भएको पहिलो खेलमा टस जितेर धनगढीले ब्याटिंग रोज्दै निर्धारित २५ ओभरमा १०४ रनको लक्ष्य खडा गरेको थियो । धनगढीका आशिष लुहारले २३ बलमा ३३ तथा निशान रेग्मीले ३३ बलमा १५ रन जोडे । सिईसिका समिर बिष्टले ४ तथा दयानन्द मण्डलले २ बिकेट लिए । सिईसिले लक्ष्यलाई २०.१ ओभरमा लक्ष्य भेटायो । सिईसिका सुमित सिह बुडालले ४२ बलमा ४२ रन, स्मिथ बुढाले १४ बलमा १६ रन जोडे । धनगढीका सौर्य श्रेष्ठले ३ अनिस अवस्थीले १ बिकेट लिए । सिईसिका समिर बिष्ट म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
शनिबार नै सम्पन्न दोस्रोे खेलमा न्यू होराईजन एकेडेमीले कास्की क्रिकेट एकेडेमीलाई ३ बिकेटले पराजित गरेको हो । टस जितेर ब्याटिंग गरेको कास्कीले निर्धारित २५ ओभरमा ४९ रन मात्रै बनाएको थियो । जवाफमा न्यू होराइजनले १३ ओभरमै लक्ष्य प्राप्त गर्दै विजयी भएको हो । खेलमा न्यू होराईजनका सुरज खड्का म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
प्रतियोगिताको लिग चरणका खेलहरु २५ ओभर तथा सेमीफाईनल र फाईनल खेल भने ४० ओभरको खेलिने उनले बताए । प्रतियोगिताको उपाधि विजता टिमले नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रतियोगिताको समूह ए मा स्टार क्रिकेट एकेडेमी, बोस्टन क्रिकेट क्लब, बिएमडब्लु बेष्ट्रन क्रिकेट एकेडेमी, मदन भण्डारी स्पोर्ट्स एकेडेमी तथा समूह बि मा पल्सर सिईसि काठमाडौ, डिष्ट्रिक एशोसियसन अफ कास्की, डिसिए धनगढी र न्यु होराईजन स्पोर्ट्स क्लब गरि आठ टिमले प्रतिस्पर्धा गर्ने छन । चैत २० गतेसम्म चल्ने प्रतियोगितामा करिब ६ लाख रुपैया खर्च हुने अनुमान रहेको छ ।