ट्रेंडिंग:

>> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो

लुम्बिनी प्रदेश सरकारको चासोः नयाँ बजेट छाडेर नयाँ सरकार

१४ चैत्र २०८०, बुधबार
१४ चैत्र २०८०, बुधबार

लमही, १४ चैत । लुम्बिनी प्रदेश सरकार बजेट निर्माणको अन्योलमा रहेको पाइएको छ । संघीय सरकार परिवर्तनसँगै प्रदेश सरकारमा त्यसको प्रभाव पर्दा बजेट निर्माणमा अन्योल देखिएको हो । उक्त कारण आर्थिक वर्ष २०८१÷८२ का लागि बजेट निर्माण कार्य सुरु हुन सकेको छैन । आउँदो आर्थिक वर्षका लागि बजेट निर्माण कार्य सुरु नै नभएको लुम्बिनी प्रदेश सरकारको अर्थ मन्त्रालयले जनाएको छ । यतिबेला आगामी आर्थिक वर्षको लागि बजेटको काम सुरु हुनु पर्ने भएपनि राजनीतिक अन्योलको कारण बजेट निर्माण कार्यअघि बढ्न नसकेको हो । अर्थ मन्त्रालय स्रोतले भन्यो–‘कहिलेबाट बजेट निर्माणका काम सुरु हुने बारे अन्यौल छ ।’

अहिले प्रदेशमा अर्थ मन्त्रालय मुख्य मन्त्री डिल्लीबहादुर चौधरीसँगै रहेको छ । मुख्यमन्त्री चौधरी अहिले सरकार जोगाउनमा नागरिक उन्मुक्ति पार्टीलाई फकाउनमै व्यस्त छन् । अर्थ मन्त्रालयका सचिवको समेत सरुवा भएपछि नयाँ सचिव केही दिन अगाडि मात्रै हाजिर भएका छन् । जसले गर्दा बजेट निर्माणको काम प्रभावित भएको हो । विभागीय मन्त्री नहुँदा बजेट निर्माणको काम अगाडि बढ्न नसकेको अर्थ मन्त्रालय स्रोतले बताएको छ । हालसम्म बजेट निर्माणका काम सुरु हुन नसेकेको लुम्बिनी प्रदेश सरकार अर्थ मन्त्रालयका उप सचिव सुरेन्द्र पाण्डेले जानकारी दिए ।

विभागीय मन्त्री आएपछि स्रोतको अनुमान गरेर बजेटको तयारी सुरु गरिने उप सचिव पाण्डे बताउँछन् । ‘नयाँ मन्त्री आएपछि बजेट निर्माणको काम अगाडि बढ्ने छ’ उप सचिव पाण्डेले भने । अर्थमन्त्रीको बिदाइ भएपछि बजेट निर्माणको काम सुरु हुन नसकेको बताइएको छ । अहिले प्रदेशको आगामी आर्थिक वर्षमा स्रोत के कति हुने भन्ने बारेमा समेत अनुमान गर्न नसकिएको बताइएको छ । स्रोत अनुमान गरेपछि त्यसैको आधारमा आउँदो आर्थिक वर्षका लागि बजेट निर्माण गर्ने गरिन्छ ।

सम्भवतः प्रदेश सरकारको चालु आर्थिक वर्ष भन्दा आउँदो आर्थिक वर्षमा बजेट घट्ने अर्थ मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारले लिएको राजश्व लक्ष्य अनुसार संकलन हुन नसकेपछि आगामी आर्थिक वर्षमा बजेट घटाएर ल्याउने प्रदेश सरकारको तयारी रहेको छ । मन्त्रालयहरूले बजेटको लागि नियमित रूपमा गर्नु पर्ने काम भने गरी रहेको उनले बताए । अहिले अर्थमन्त्री नहुँदा बजेट निर्माणको काममा अन्योल सृजना भएको छ ।

समयमै बजेट निर्माणको काम हुन नसक्दा हतारमा काम गर्नुपर्ने भएकाले पर्याप्त मात्रामा गृहकार्य तथा छलफल समेत हुँदैन । जसले गर्दा बजेट कार्यान्वयनमा समेत चुनौती हुने र संसदबाट बजेट पास समेत रोकिने गरेको छ । संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले संसदमा बजेट असार १ गते पेश गर्ने गर्छ । त्यसभन्दा पहिले निती कार्यक्रम ल्याउने गरिन्छ । संघीय सरकारले जेठ १५ मा संसदमा बजेट पेश हुँदै छ ।यतिबेला आगामी आर्थिक वर्षको लागि बजेटको काम सुरु हुनुपर्ने भएपनि राजनीतिक अन्योलको कारण बजेट निर्माण कार्यअघि बढ्न नसकेको हो । आउँदो आर्थिक वर्षका लागि बजेट निर्माण कार्य सुरु नै नभएको लुम्बिनी प्रदेश सरकारको अर्थ मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?