ट्रेंडिंग:

>> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन

छैटो खड्ग प्रसाद गौचन यु—१९ क्रिकेटमा बोस्टन विजयी

१० चैत्र २०८०, शनिबार
१० चैत्र २०८०, शनिबार

बुटवल, १० चैत । छैटो खड्ग प्रसाद गौचन मेमोरियल यु १९ क्रिकेट प्रतियोगिता २०८० शुरु भएको छ । शनिबार भएको उद्घाटन खेलमा बोस्टन क्रिकेट एकेडेमीले विजयी शुरुवात गरेको छ । बोस्टनले स्टार क्रिकेट एकेडेमीमाथि ३ बिकेटको जित निकालेको हो ।

एक्स्ट्रा टेक ओभल क्रिकेट मैदानमा भएको खेलमा टस जितेर बोस्टनले ब्याटिङको निम्तो दिएको थियो । स्टारले निर्धारित २५ ओभरमा ८ बिकेटको नोक्सानीमा १ सय ३ रनको लक्ष्य खडा गरेको थियो । निरज मौर्याले २७ बलमा २८, प्रदिप साहनीले १९ बलमा १० रन जोडेका थिए । बोस्टनका दिवस खड्काले ५ ओभरमा १९ रन खर्चेर ३ तथा दिब्यास बास्तोलाले ५ ओभरमा १२ रन खर्चेर ३ बिकेट लिएका थिए ।
कम स्कोरलाई बोस्टनले २३.५ ओभरमा ७ बिकेटका नोक्सानीमा भेटायो । बोस्टनका जितमा आशिष रानामगरले २८ बलमा नटआउट ४४ रन तथा अरबिन पौडेलले १९ बलमा १५ रनको योगदान दिए । स्टारका प्रिन्स पालले ५ ओभरमा १ मेडलसहित १७ रन खर्चेर २ बिकेट लिए । खेलमा बोस्टनका आशिष रानामगर म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

प्रतियोगिताको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाडले ब्यवसायिक खेलाडी उत्पादनको आधार तयार भईरहेको बताए । सधै युवाहरु अवसरको खोजीमा रहने भन्दै विदेश जाने पछिल्लो अवस्थालाई सकारात्मक रुपमा लिनुपर्ने उनले बताए । युवा विदेश जाने प्रचलन पहिलेदेखी नै रहेको भन्दै उनिहरु विदेशमा सिकेको सीप, कमाईबाट आफ्नो देशको विकासमा उत्प्रेरण जगाउन जरुरी रहेको बताए । तिलोत्तमामा खेलमा संस्कारको विकास गर्ने शुरुवात भएको छ ।

कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई, लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष सन्जय गुरुङ, अन्तराष्ट्रिय एम्पायर समीर खान, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका सचिव डा शक्ति बस्नेत, न्यु होराजन बोर्डिङ स्कुलका प्रार्चाय लोकनाथ उपाध्याय, पुर्व खेलाडी दिपेश लाम्गादे, एकेडेमीका निर्देशक कविता गौचन, पूर्व क्रिकेटर तथा प्रशिक्षक शक्ति गौचनले क्रिकेट विकासमा तीन तहकै सरकारसंगै सरोकारवालहरुको एक भएर लाग्न जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?