Butwal Today

आईपीएलको उद्घाटन खेलमै भिड्दै चेन्नई र बेंगलुरु

९ चैत्र २०८०, शुक्रबार
अ+
अ-

 काठमाडौँ ।

विश्व क्रिकेटको सबैभन्दा लोकप्रिय घरेलु टी-२० फ्रेनचाइज इन्डियन प्रिमियर लिग (आईपीएल) शुक्रबारदेखि सुरु हुँदैछ।

उद्घाटन खेलमा राति सवा ८ बजे ५ पटकको च्याम्पियन चेन्नाई सुपर किङ्ग्स र पहिलो उपाधिको खोजीमा रहेको रोयल च्यालेन्जर्स बेंगलुरु भिड्दै छन्।

दुवै टिम जितका साथ आफ्नो नयाँ सिजन सुरु गर्ने योजनामा छन्। आईपीएलको उद्घाटनअघि महेन्द्रसिंह धोनीले चेन्नईको कप्तानी छाडेका छन्।

उनको स्थानमा ऋतुराज गायवाडलाई नयाँ कप्तान बनाइएको छ। आफ्नो नयाँ कप्तान र धोनीको अनुभवका साथ चेन्नई आजको खेलमा जितको योजनासहित मैदानमा उत्रिँदैछ।

अर्कातिर फाफ डु प्लेसीको कप्तानीमा आरसीबी आजको खेलमा चेन्नईलाई कडा टक्कर दिन चाहन्छ।

चेन्नई र आरसीबीबीच यो भिडन्तलाई विशेष मानिएको छ। दुवैबीचको यो भिडन्त एम एक चिन्नास्वामी स्टेडियममा हुनेछ।

आईपीएलमा यी दुई टिमबीच जम्मा ३१ वटा भिडन्त भएका छन्। जसमा २० वटा चेन्नईले जितेको छ भने १० वटामा आरसीबीले जित निकालेको छ। बाँकी ५ वटा खेल बराबरीमा सकिए।

एम एक चिन्नास्वामी स्टेडियमको पिचमा स्पिनर्सलाई मौका हुनेछ। बलका लागि यो पिच स्लो हुनेछ। यस्तोमा बलरलाई यसको पिचमा बढी फाइदा मिल्न सक्छ।

स्पिनर्स यस पिचबाट पूरा फाइदा उठाउन सक्छन्। ब्याटरलाई यस पिचमा सम्हालिएर खेल्नु पर्ने हुन सक्छ। यस मैदानमा आईपीएलमा चार पटक मात्रै २०० भन्दा धेरै रन बनेको छर

चेन्नईको सम्भावित टिम
रचिन रवीन्द्र, ऋतुराज गायकवाड (कप्तान), अजिन्क्य रहाणे, शिवम दुबे, रवीन्द्र जडेजा, डेरिल मिशेल, महेन्द्र सिंह धोनी, मिशेल स्याटनर, शार्दुल ठार्कुर, दीपक चाहर, मुस्ताफिजुर रहमान।

आरसीबीको सम्भावित टिम
विराट कोहली, फाफ डुप्लेसिस (कप्तान), रजत पाटिदार, ग्लेन म्याक्सवेल, सुयश प्रभुदेसाई, दिनेश कार्तिक, क्मयारन ग्रीन, महिपाल लोमरोर, रिस टप्ली, मोहम्मद सिराज, करन शर्मा।