© २०२३
चन्द्रौटा कपिलवस्तु , ४ चैत ।
नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कपिलवस्तुको समग्र विकासमा अहोरात्र खट्निे बताएका छन् । केहि दिन यता गृह जिल्ला भेटघाट कार्यक्रममा रहेका मन्त्री अधिकारीले सुकुम्बासी, दलित भूमीहीन लगायतको समस्या देशैभर विकराल रहेको बताए ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा नेकपा एमाले विजयनगर गाउँ कमिटीद्वारा शनिबार आयोजित भेटघाट कार्यक्रममा बौल्दै उनले भूमीहीनको समस्या समाधानसँगै जिल्लाको समग्र विकासमा अहोरात्र खट्निे बताएका हुन् । कपिलवस्तुबासीले आशा गरेका कामहरु निरन्तर रुपमा गर्दै जाने बताउँदै जनताको भावनामा चोट पु¥याउने काम उनले नगर्ने बताए । अहिले सम्मिलित सरकार बनेको बताउँदै गठबन्धन सरकारले काम नगरेको र भ्रष्टचार मौलाएको उनले बताए ।
गठबन्धन सरकारकै कारण देशमा आर्थिक स्थिति कमजोर भएकोले जनतालाई समस्या भएको मन्त्री अधिकारीले उल्लेख गरे । जिल्लामै सुदुर पश्चिम क्षेत्र उर्वर भूमी भएको बताउँदै पानीको अभावले समस्या भोगिरहेको जिकिर गर्दै आवश्यक कदम उनले चाल्ने बताए । एमाले पार्टी सरकार गएपछि जहिल्यै पनि जनताको हितमा सराहनीय काम गरेको उनको भनाई छ । एमाले जहिल्यै पनि राष्ट्र र जनताको रक्षा हुने काम गरेको मन्त्री अधिकारीले दावी समेत गरे ।
यसैबीच उक्त कार्यक्रममा विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले समग्र विजयनगर गाउँपालिकाको विकासका लागि ध्यानाकर्षण गराएका छन् । देशकै सबैभन्दा पछाडी परेको ठाउँ भएको बताउँदै ज्ञापन पत्रसमेत मन्त्री अधिकारीलाई बुझाएका छन् । सुकुम्बासी, दलित भूमीहीन र अव्यवस्थित बसोबासी समस्याको समाधानका लागि पहल गरि समाधान गर्न अध्यक्ष थापाले अनुरोधसमेत उनले गरे । यसअघि जीतपुर, तौलिहवा, कृष्णनगर, सुन्दरीडाँडा र हल्लानगर लगायतको स्थानमा भेटघाट गरी चन्द्रौटामा समेत आम नगरिकसँग भेटघाट गरिएको छ ।