ट्रेंडिंग:

>> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

चौतारीकप व्याडमिन्टनको उपाधि आयोजकलाई, रुपन्देही दोस्रो

३ चैत्र २०८०, शनिबार
३ चैत्र २०८०, शनिबार

सुनवल, ३ चैत ।

प्रेस चौतारी नेपाल पश्चिम नवलपरासीले आयोजना गरेको प्रदेशस्तरीय चौतारीकप व्याड्मिन्टन प्रतियोगिताको उपाधि मेघराज गौतम र राजकुमार रेश्मीको जोडीले हात पारेको छ । शनिबार बिहान परासीमा रहेको कभर्डहलमा भएको प्रतिस्पर्धामा रुपन्देहीका मिलन गाहा र सुन्दर तरामुको जोडीलाई गौतम र रेश्मीको जोडिले २१–१६ र २२–२० को सोझो सेटमा हराएको हो । यसैगरी चौतारी प्रदेश कमिटिको वेनिमाधव बस्याल र गोविन्द घर्ती तथा प्रेम राम्जा र कपिल लामिछानेको जोडीले तृतीय स्थान हासिल गर्दा कपिलवस्तुका सागर पुन र सुर्य चुँदालीको जोडीले सान्त्वना स्थानमा चित्त बुझाएको छ ।

प्रतियोगितामा प्रथम हुने समूहलाई नगद १० हजार सहित मेडल र कप प्रदान गरिएको थियो भने द्वितिय हुने टिमलाई नगद ७ हजार लगायत तृतीय र सान्त्वना स्थान हासिल गर्ने जोडीलाई पनि नगद सहित मेडल र कपले पुरस्कृत गरिएको थियो । पुरस्कार वितरण कार्यक्रममा बोल्दै रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले संञ्चारकर्मीलाई पर्यटन प्रवद्र्धन र सम्मृद्धि संग जोड्ने गरी कलम चलाउन आग्रह गरे ।

आफ्नै स्थानमा रहेका पुरातात्विक तथा ऐतिहासिक पर्यटकीय स्थलको चाल नपाएर नेपालीहरु विदेशी कला संस्कृतीको प्रचार गर्ने गरेको टिप्पणी गरे । यादवले रामग्राम स्तुप र पण्डितपुर लगायतका स्थल रामग्रामको गहना भएको उल्लेख गर्दे ती स्थलको प्रवद्र्धनका लागि कलम चलाउन कन्जुस्याँई नगर्न प्रमुख यादवले पत्रकारहरुलाई आग्रह गरे । विकास र सम्मृद्धिको लक्ष्य पूरा गर्न यो दल, त्यो दल भनेर नहुने बताउँदै उनले सबै एक भएर सकारात्मक सोचले अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश संञ्चार परिषदका संयोजक मिलन गाहाले जनप्रतिनिधिले मात्र नभई पर्यटन प्रवद्र्धनका कार्यक्रममा सरकारी निकायका कर्मचारीहरुको पनि उस्तै सक्रियता रहनुपर्नेमा जोड दिए ।

पर्यटन प्रवद्र्धनको उद्देश्यले चौतारीले दुई दिने कार्यक्रमको रुपमा नवलपरासीका पर्यटकीय स्थलको विषयमा जानकारी सहितको स्थलगत भ्रमण कार्यक्रम र व्याड्मिन्टन प्रतियोगिता आयोजना गरेको अध्यक्ष मेघराज गौतमले बताए । सो क्रममा शुक्रबार लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका प्रेस चौतारीमा आवद्ध सञ्चारकर्मीहरु रामग्राम, सरावल र पाल्हीनन्दनका विभिन्न ऐतिहासिक तथा पर्यटकीय स्थलको भ्रमणमा गएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?