© २०२३
बुटवल, १ चैत । चैत ४ गतेका लागि बोलाइएको लुम्बिनी प्रदेश सभाको तेस्रो अधिवेशनको चौथो बैठक स्थगित गरिएको छ । लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरेको पत्र विहीबार प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयलाई पठाएको हो ।
फागुन २३ गते यसअघिको सत्ता साझेदार नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री चौधरी अहिले अल्पमतमा छन् । सरकारका प्रवक्ता गृहमन्त्री सन्तोष पाण्डेले तत्काल प्रदेश सभालाई कुनै बिजनेस नभएकोले अधिवेशन स्थगित गरी प्रदेश प्रमुखकोमा पत्र पठाएको बताए ।
प्रदेश सभा सचिव दुर्लभ पुनले सदन स्थगित भएको औपचारिक जानकारी नआएको बताए । नेकपा एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सभालाई छल्नका लागि वैठक स्थगित गरेको आरोप लगाए । सरकारको उक्त निर्णयसँगै विहिबार दिउँसो नै नेकपा एमाले संसदीय दलका नेता लिला गिरीसहितका नेताहरुले प्रदेश प्रमुख शेरचनलाई भेटेर छलफल गरेका छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी