© २०२३
बुटवल, २९ फागुन । बुटवलमा सम्पन्न प्रथम अखिल कप अन्तर मावि बास्केटबल प्रतियोगिताको उपाधि न्यु भिजन माविले चुमेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बुटवल नगर कमिटीको आयोजना देविनगरस्थित भुपु सैनिक क्लबको मैदानमा भएको फाईनलमा अक्सफोर्ड माविलाई पराजित गर्दै न्यु भिजनले उपाधि चुमेको हो ।
उपाधिसंगै न्यु भिजनले नगद ३३ हजार रुपैयासहित कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता अक्सफोर्ड मावि भने नगद २२ हजार रुपैया, कप, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । हाफ कोर्टमा ३ बाई ३ जना खेलाडीको बिचमा खेलाइएको प्रतियोगितामा न्यु भिजनका सुप्रिम थापा मोस्ट भ्यालुएबल खेलाडी बन्न सफल भए भने सुमित राना हाइ स्कोररबाट पुरस्कृत भए ।
एक कार्यक्रममा बिच अनेरास्ववियु केन्द्रीय कोषाध्यक्ष संगम अर्याल, नेकपा एमाले बुटवल नगर कमिटीका अध्यक्ष किशन ज्ञवाली, युवा नेता बाबुराम पन्थी, अनेरास्ववियु स्थाई कमिटी सदस्य लेखनाथ खनाल, अनेरास्ववियु रुपन्देही अध्यक्ष भरत अर्याल, युवा संघ रुपन्देही अध्यक्ष बिकासजंग बस्नेत, अनेरास्ववियु बुटवलका अध्यक्ष रोशन घिमिरेले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।
प्रतियोगितामा बुटवल उपमहानगरका विद्यालयहरुबाट १२ टिम सहभागी रहेको संयोजक विशाल थापाले बताए ।
यसैबिच विजेता टिम न्यु भिजनलाई विद्यालय परिसरमा रम्भादेवि ग्रुप अफ अर्गानाईजेसनका अध्यक्ष सुर्य बहादुर भट्टराई, प्रबन्ध निर्देशक मनोज बस्नेत, विद्यालयका प्राचार्य केशव श्रीले सम्मान समेत गरेको छ ।