ट्रेंडिंग:

>> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

तीन पुर्व क्रिकेटरले यसरी सम्झिए आफ्नो खेल जीवन

२८ फाल्गुन २०८०, सोमबार
२८ फाल्गुन २०८०, सोमबार

बुटवल, २८ फागुन ।

नेपाली एसीसी खेल्ने पहिलो टिमको सदस्य तथा उपकप्तान एलबि क्षेत्रीले आफ्नो टिमका महत्वपूर्ण खेलाडी बिकेटकिपर स्वर्गीय गणेश शाहीलाई स्मरण गरे । देशको गरिमालाई उच्च बनाउने गरी खेल खेलेको भन्दै जित भन्दा पनि नेपाली क्रिकेट चिनाउने लक्ष्यसहित मैदानमा उत्रेको बताए । ‘पहिलो अन्तर्राष्ट्रिय खेल हुँदा पनि खेलाडीहरुमा नर्भसनेस थियो’—उनले भने । बंगलादेशसंगको खेलमा धेरै क्याच मिस भएको उनले बताए । हिमालय देश क्रिकेट खेल्छ भन्ने पहिचान दिलाउन सफल भएको उनले बताए । विरगंजको धर्मशालामा मैदानमा अनुहारकै रंग कालो हुने गरी छनौट खेल खेलेको उनले स्मरण गरे । “खेलाडी सक्षम भए खेल विकास हुन्छ । सधै खेलाडीलाई अभिभावकले सपोर्ट गर्न जरुरी छ”–उनले भने ।

महिलाहरु क्रिकेटमा लगानी गरौ, यसले समग्र विकास गर्छः पुर्व क्रिकेटर ममता थापा

पुर्व क्रिकेटर ममता थापाले आफु खेल खेल्न विदेश यात्राको क्रममा संगैका यात्रुहरुको ब्यवहार अचम्म पाएको बताए । एकैपटक ठुलो महिला टिम मलेसिया रोजगारमा जान लागेको हो कि भन्ने भानका साथ हेराई र कुराकानी सुनेको बताईन् । महिला खेल्न जान लागेको कुरा सुनाउँदा दंग परेका तथा महिला पनि क्रकेट खेल्छन् भन्ने जस्ता प्रश्नहरु पाएको बताईन् । धेरै मेहनतपछि आफू अन्तर्राष्ट्रिय टिममा परेर उपकप्तान समेत रहँदा पनि १२ औ स्थानमा परेको नमिठो अनुभव बनाईन् । ‘म ३ दिनसम्म खाना नखाई रोएँ’— उनले भनिन्, ‘तर भाग्य नै भन्नुपर्छ म खेल्न पाएँ ।’

प्लेईङ ११ का मधु थापा घाइते भएपनि खेल्न पाएको भन्दै यो नै उनको टर्निङ प्वाइन्ट भएको बताईन् । खेलमा एउटा क्याच र स्टम्पिङ गरेर टिममा आफ्नो छुट्टै पहिचान बनाएकी उनी त्यसपछि भने खेलमा पछि फर्किन नपरेको बताइन् । जोश र जुनुनकै कारण टिम फाईनलमा पुग्न सफल भएको उनको दाबी छ । बाँके जिल्लाले प्रथम महिला क्रिकेट जन्माउने मात्र होईन सशक्तिकरणको अभियान नै चलाएको दाबी गरिन् । महिलाले खेल्नुपर्छ भन्ने सोचले धेरै परिवर्तन ल्याएको उनले बताइन् । घरमा बुबा भारतीय सेनाको जागिरे भएकाले खेल खेल्न सहज भएको उनले बताइन् । ‘केही समय पहिले नै महिला क्रिकेटमा लगानी भएको भए पुरुष टिमभन्दा पहिले महिला टिम विश्वकप खेल्ने थियो’— उनले भनिन् । खेलकुदमा अब लगानी जरुरी छ । महिला खेलाडीलाई लगानी गर्न छ । यसबाट खेलमात्र नभई समग्र विकास हुन्छ ।

मिनि बसमा चढेर अभ्यास खेल्दा र अहिलेको क्रिकेट फरक छः पुर्व क्रिकेटर पारस खड्का

नेपाली क्रिकेटका सफल क्याप्टेनका रुपमा लिईने पारस खड्का निक्कै लामो समय खेलमा रहे । सन २००४ मा खेल जिवनमा प्रवेश गरेका उनी आफू केवल नेपाललाई जिताउन खेलेको बताए । २००९ मा क्याप्टेनको भूमिकामा आएका उनी २०२४ सम्म नेपाली क्रिकेटमा सुनौलो समय बिताएको उनले बताए । डिभिजन फाईभ, थ्री र टु हुँदै नेट रनरेटको आधारमा विश्वकप क्वालिफाईरमा पुग्दाको निक्कै सुखद अनुभव रहेको उनले बताए । नेपाल र हङकङ बिचको खेल सकेर होटल फर्किदा नेपालको राष्ट्रिय गान स्टार स्पोर्ट्समा आउँदा धेरै नेपालीका आँखा रसाएको कुरा सुनेको र आफु भावुक भएको उनले बताए । मिनि बसमा चढेर सुन्धारादेखि अभ्यासमा जाँदाको आफ्नो पहिलो अनुभव र अहिलेको नेपाली क्रिकेटको उचाई धेरै फरक भएको उनी बताउँछन् । विश्वकप खेल्न सक्ने रुपमा नेपाली टिम तयार भएको उनले बताए । नया युवा खेलाडीलाई नेपालप्रतिको माया छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?