© २०२३
बुटवल ।
अनेरास्ववियु बुटवल उपमहानगर कमिटीले बुटवल क्षेत्रका विभिन्न विद्यालयहरुलाई समेटेर वृहत बास्केटबल प्रतियोगिताको आयोजना गर्न लागेको छ ।
विभिन्न विद्यालयका २४ समूहले भाग लिएको सो प्रतियोगिता सोमबार बिहान देवीनगरको भूपूसैनिक क्लबको प्राङ्गणमा हुने अनेरास्ववियुका नगर अध्यक्ष रोशन घिमिरेले बताए ।
कार्यक्रम संयोजक विशाल थापाका अनुसार टाइसिटअनुसार ४ वटा पोलमा ए, बी, सी र डी गरी पहिलो चरणमा सबैलाई खेलाएपनि क्वाटर फाइनलमा ४ समूह पुग्ने सेमीफाइनल र फाइनल गरी साँझसम्म सक्नेगरी खेलको तालिका बनेको छ ।