ट्रेंडिंग:

>> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

रुपन्देहीमा निजी लगानीमा तयार भो अन्तर्राष्ट्रिय क्रिकेट मैदानः लेजेण्ड्स कप आयोजना हुँदै

२६ फाल्गुन २०८०, शनिबार
२६ फाल्गुन २०८०, शनिबार

बुटवल, २७ फागुन ।

रुपन्देहीको तिलोत्तमामा निजी लगानीमा देशकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट मैदान तयार भएको छ ।

गैरआवासीय नेपाली विनोद कुँवरले अष्ट्रेलियामा गरेको कमाइबाट तिलोत्तमा नगरपालिकामा एक्स्ट्राटेक ओभल क्रिकेट मैदान निर्माण गरेका हुन् । उनले पहिलो चरणको संरचना फागुन २८ गते उद्घाटन गरी खेल सञ्चालन गर्ने तयारी गरिरहेको बताएका छन् ।

गत जेठ ३० गते शिलान्याय गरिएको उक्त रंगशालामा लेजेण्ड्स क्रिकेट कप आयोजना गर्न लागेको निर्देशक कुँवरले जानकारी दिए ।

श्रीमती सदिक्षासहित अष्ट्रेलियामा बस्दै आएका कुँवरले तिलोत्तमा नगरपालिका वडा नं १७ मा ४० करोड रूपैयाँभन्दा बढी लगानीमा एक्स्ट्राटेक ओभल रंगशालाको निर्माण गरेका हुन् । रंगशाला खेल्न तयार भएपनि अझै भौतिक निर्माण बाँकी रहेको कुँवरले बताए ।

‘मैदानमा प्याराफिट र अन्य संरचना पूरा हुँदा ४० करोड खर्च हुने अनुमान छ, प्याराफिट बनाउने काम सुरू भइसकेको छ । यसका लागि करिब १८ करोड खर्च हुनेछ,’ उनले भने ।

अष्ट्रेलियामा सूचना प्रविधि सम्बन्धी व्यवसाय गर्ने कुँवरले निजी स्रोतबाट उक्त रंगशाला निर्माण गरेका हुन् । रंगशालाको स्थायित्वको लागि गुरूयोजना बनाइसकेको र निर्माण सम्पन्न भएपछि व्यावसायिक रूपमा अघि बढाएर नमुना योजना बनाउने उनले बताए ।

‘नेपालमा रंगशाला कम छन् तर क्रिकेटको क्रेज बढ्दैछ, त्यसमाथि मैले व्यवसायिक तरिकाले योजना बनाएको छु, त्यहीअनुसार लगानी गरेको हो, म मेरो योजनामा ढुक्क छु, यसलाई पूर्ण सञ्चालनमा ल्याउँछु, यो मेरो संकल्प हो,’ उनले भने ।

मैदान उद्घाटनको दिन ४ टोलीबीच लेजेण्ड्स कप क्रिकेट प्रतियोगिता हुने कार्यक्रम छ । प्रतियोगितामा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको सन् १९९६ को टोली, सन् २०१४ को टी–२० विश्वकप खेलेको टोली, रूपन्देही लेजेण्ड्स र रेस्ट अफ नेपाल गरेर ४ टोलीले सहभागिता जनाउने उनले बताए ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सन् २०१४ टोलीको कप्तानी गर्नेछन् । सन् १९९६ को कप्तानी एलबी क्षेत्रीले गर्दा रेस्ट अफ नेपालको टिमलाई कलाम अली तथा रुपन्देही लेजेण्ड्सलाई हरिबहादुर थापाले कप्तानी गर्नेछन् । नेपालका पूर्वक्रिकेट खेलाडी शक्ति गौचन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानका ब्रान्ड एम्बासडर छन् ।

यो क्रिकेट रंगशाला होस्टल सहितको एकेडेमी र ट्रेनिङ सेन्टर हुनेछ । उक्त एकेडेमी र सेन्टरको जिम्मेवारी शक्ति गौचनलाई दिइएको छ । रंगशाला कम्पाउन्डमा एकेडेमीको चार तले भवन बन्नेछ, जसमा १०० जनालाई आवासीय प्रशिक्षण दिइने बताइएको छ ।

कुँवरका अनुसार यूएईमा लामो समय बसेर अबुधावीको शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा क्युरेटरको जिम्मेवारी लिएका माधव पाठक एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको क्युरेटरको भूमिकामा छन् । करिब २५ हजार दर्शक क्षमताको रंगशालासहित एकेडमी भवन बनाउने र राम्रा खेलाडी उत्पादन गर्ने कुँवरको लक्ष्य छ ।

रुपन्देही आफैंमा क्रिकेटका लागि चिनिएको जिल्ला हो। यहाँ धेरै राष्ट्रिय खेलाडी जन्मिएका छन् । राजु खड्का, शक्ति गौचन, बसन्त रेग्मी, सुशन भारी, कुशल मल्ल, अमृत भट्टराई, देव खनाल, ईन्दु वर्मा रुपन्देही जिल्लाकै उत्पादन हुन् । यो रंगशालाले रूपन्देहीबाट थप खेलाडी तयार हुने विश्वास क्रिकेटप्रेमीहरूले लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?