ट्रेंडिंग:

>> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

खुमबहादुर खड्का भलिबलको उपाधि शान्तिनगरलाई

२५ फाल्गुन २०८०, शुक्रबार
२५ फाल्गुन २०८०, शुक्रबार

दाङ, २५ फागुन ।

तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधि शान्तिनगर गाउँपालिकाले जितेको छ । नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिको आयोजनामा भएको पालिकास्तरीय भलिबल प्रतियोगिताकाे फाईनल खेलमा राप्ती गाउँपालिकालाई ३-१ काे सेटमा पराजित गर्दै उपाधि हात पारेकाे हाे ।

प्रतियोगिताकाे तेश्राे साविक विजेता घाेराही हुँदा सान्त्वना बंगलाचुली भएको छ । घाेराही उपमहानगरपालिका -१५ जिल्ला समन्वय समितिकाे परिसरमा रहेकाे सहिद मञ्चमा हजाराैँ दर्शकहरुकाे उपस्थितिमा भएको उपाधि भिडन्तमा शान्तिनगरले २५-२०, २२-२५, २६-२४, २५-१८ काे सेटमा राप्तीलाई पराजित गरेकाे हाे ।

शान्तिनगरले उपाधिसँगै नगद दुई लाख पच्चिस हजार रुपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ । यसैगरी द्वितीय हुने टिम राप्तीले पनि नगद १ लाख २५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ । फाईनल खेल हुनुअघि तेश्राे स्थानका लागि भएको प्रतियोगितामा घाेराहीले बंगलाचुलीलाई ३-२ काे सेटमा हरायाे ।

कडा प्रतिष्पर्धा भएको खेलमा घाेराहीले २५-४,२२-२५,२५-१८, १७-२५ र १५-९ काे सेटमा हराउँदै नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्दा सान्त्वना भएको टिमले पनि २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ । यसअघि आज बिहान भएको दाेश्राे सेमिफाइनलमा राप्तीले घाेराहीलाई २५-२२, २५-२० र २६-२४ काे साेझाे सेटमा पराजित गरेर फाईनलमा पुगेको थियाे । यसैबीच, प्रतियोगिताकाे सर्वाेत्कृष्ट खेलाडीका रुपमा शान्तिनगरका कमल सुनार भएका छन । लुम्बिनी प्रदेश भलिबल टिमकाे खेलाडीसमेत रहेका सुनारले टिमलाई फाईनलसम्म पुर्याउन र उपाधि दिलाउन महत्त्वपूर्ण भुमिका खेले ।

फाईनल खेलकाे प्लेयर अफ द म्याच पनि कमल सुनार भए । यसैगरी, उत्कृष्ट स्पाईकर घाेराहीका सुरेन्द्र केसी, उत्कृष्ट डिफेन्डर शान्तिनगरका मिलन पुन, उत्कृष्ट सर्भर राप्तीका विकास गिरी, उत्कृष्ट ब्लकर राप्तीका चिरन खड्का, उत्कृष्ट सेटर शान्तिनगरका मिलन घर्ती मगर हुँदा उत्कृष्ट काेच शान्तिनगरका मिनबहादुर घिमिरे भए ।

नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिका संयाेजक राजु आचार्यले जानकारी दिए । फागुन २० गतेदेखि भएको प्रतियोगितामा कुल २० खेल भए । लिगकम नकआउटका आधारमा भएको प्रतियोगिता लुम्बिनी प्रदेशकै सर्वाधिक पुरस्कार राशिको रहेकाे आयाेजककाे दावी छ । दाङका गढवा बाहेक अरु सबै पालिकाकाे सहभागितामा भएको प्रतियोगितामा सहभागी भएका थिए ।

प्रतियोगिताका माध्यमबाट भलिबल खेलकाे विकाससँगै स्थानीय स्तरमा खेल प्रवर्द्धन गर्ने उद्देश्य सहित स्वर्गीय नेता खड्काकाे सम्झनामा हरेक वर्ष प्रतियोगिता अायाेजना गर्दै अाएकाे छ । नेपालकाे राष्ट्रिय राजनीतिमा प्रभावशाली नेताका रुपमा छवि बनाएका स्वर्गीय नेता खड्काकाे २०७५ चैत १६ गते उपचारकम क्रममा ६७ वर्षको उमेरमा निधन भएको थियाे । यसअघि पहिलाे संस्करण तुलसीपुर, दाेश्राे संस्करण घाेराहीले जितेको थियाे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?