© २०२३
बुटवल, २५ फागुन ।
महाशिवरात्री पर्वको अवसरमा पाल्पाको सिद्धबाबामा दर्शनार्थीको ठूलो भीड देखिएको छ । भिड बढी भएपनि सिद्धबाबा मन्दिर बिकास समितिले महाशिवरात्रीमा भक्तजनलाई सहज व्यवस्थापन गरेको थियो ।
यसपटकबाट टोकनको व्यवस्था गरिएपछि भिड व्यवस्थापनमा सहज भएको सिद्धबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सन्तोषकुमार शेरचनले बताए ।
महाशिवरात्रीको अवसरमा समितिले शिव पूजन, रुद्राभिषेक पूजा, अखण्ड हरिकीर्तनको आयोजना गर्नुका साथै विगत वर्षहरुमा जस्तो पूजाका लागि लाइन लाग्न नपर्नेगरी टोकनको व्यवस्था गरेको शेरचनले बताए ।
भक्तजनको पूजा व्यवस्थापनका सिद्धबाबाको निःशुल्क बस बाहेक थप ५ वटा बसको व्यवथापन गरिएको थियो । बुटवलको योगीकुटी, राजमार्ग चौराह, मिलनचोक, ट्राफिक चोक, गोलपार्क तथा पाल्पाको झुम्सामा बसको व्यवस्था गरी दिनभर यातायात उपलब्ध गराइने उनले बताए