ट्रेंडिंग:

>> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त

अन्तिम सेमिफाइनलमा फर्साटिकर युवा क्लव बिजयी हुँदै फाइनलमा

२४ फाल्गुन २०८०, बिहीबार
२४ फाल्गुन २०८०, बिहीबार

पार्वती थारु

मणिग्राम, २४ फागुन ।

अन्तिम सेमिफाइनलमा फर्साटिकर युवा क्लव, फर्साटिकर बिजयी हँुदै फाइनलमा प्रवेश भएको छ । न्यू सिर्जना युवा क्लवको आयोजनामा जारी छैठौं न्यू सिर्जना कप नक आउट फुटबल प्रतियोगिताको बुधबारको अन्तिम सेमिफाइनल खेलमा फर्साटिकर युवा क्लव,फर्साटिकर बिजयी भएको हो ।

झरना स्पोर्टस् क्लव, कुञ्जलापुर र फर्साटिकर युवा क्लव, फर्साटिकर बिच निकै प्रतिस्पर्धात्मक खेल भएको थियो । स्वः खगी गुरुङसेनीको स्मृतिमा सञ्चालन भएको हिजोको खेलमा पूरा समयमा दुवै टिमबाट १–१ गोल भएकाले खेल टाइब्रेकरमा गएको थियो । जसमा फर्साटिकरले झरनालाई ५ को विरुद्ध ६ गोल गर्दै फर्साटिकर फाइनल प्रवेश गर्न सफल भएको छ ।

खेलको म्यान अफ द म्याच फर्साटिकर युवा क्लवका खेलाडी आशिष राना भएका थिए । उनलाई कार्यक्रमका अतिथि तथा चिल्हिया प्रहरी चौकीका प्रमुख सुदन पन्थीले खेलाडीलाई नगद राशी सहित ट्रफी प्रदान गरेका थिए । प्रतियोगिताको फाइनल खेल यही फागुन २६ गते दिउँसो २ वजेदेखि न्यू सिर्जना युवा क्लवको खेल मैदानमा सुरु हुने क्लवका प्रचार प्रसार संयोजक तथा सल्लाहकार धनवहादुर चौधरीले बताएका छन् ।

आज ४० वर्ष माथि उमेर समूहको भेन्ट्रान्स खेल तिलोत्तमा ११ र सिद्धार्थनगर ११ बिच खेल हुने छ । तिलोत्तमा १३ निवासी स्व.खगी गुरुङसेनीको स्मृतिमा छैठौं न्यू सिर्जना कप नक आउट फुटबल प्रतियोगितामा क्याप्टेन नरजंग गुरुङको मुख्य प्रायोजनमा रहेको छ । प्रतियोगिताका विजेता टिमले रु १ लाख १६ हजार नगद राशी सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता हुने टोलीले नगद रु ६० हजार, नगद सहित शिल्ड मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

यस्तै विधागत उत्कृष्ट खेलाडीलाई रु.५ हजार नगद राशी सहित मेडल र प्रमाणपत्र, सर्वाधिक गोलकर्ता खेलाडीलाई रु.५ हजार नगद राशी सहित मेडल र प्रमाणपत्र, उत्कृष्ट गोलकिपरलाई रु.३ हजार नगद राशी सहित मेडल र प्रमाण पत्र र उदयमान खेलाडीलाई रु.३ हजार नगद सहित मेडल र प्रमाण पत्रले सम्मान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?