© २०२३
काठमाण्डाै ।
आउँदाे जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी–२० विश्वकप क्रिकेटकाे तयारी गर्न सरकारले नेपाल क्रिकेट सङ्घलाई (क्यान) लाई पाँच कराेड रुपैयाँ दिएकाे छ । टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको तयारीका लागि अर्थ मन्त्रालयले पाँच करोड रुपैयाँ निकासा गरेको हो ।
क्यानले आज सामाजिक सञ्जालमार्फत यसबारेमा जानकारी दिएकाे छ । याे ऐतिहासिक कदम भएकाे भन्दै क्यानले सरकार र राष्ट्रिय खेलकुद परिषद् (राखेप) प्रति आभार व्यक्त गरेकाे छ ।
सरकार र राखेपकाे यस साथ र सहयोगले समग्र नेपाली क्रिकेटको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने क्यानकाे विश्वास छ ।
टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । याे समूहमा नेपालसँगै बङ्गलादेश, दक्षिण अफ्रिका, श्रीलङ्का र नेदरल्यान्ड्स छन् । नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेकाे हाे ।