© २०२३
बुटवल, २२ फागुन । लुम्बिनी प्रदेश सरकारको आयोजनामा लुम्बिनीमा फागुन २८ र २९ गते गर्न लागिएको लौरेट्स एण्ड लिडर शिखर सम्मेलन विशेष कारणवश भन्दै स्थगित भएको छ । मंगलवार भएको मन्त्रिपरिषदको बैठकले विशेष कारणबश शिखर सम्मेलन स्थगन गर्ने निणर्य गरेको हो ।
अन्तिम चरणमा रहेको शिखर सम्मेलन विशेष कारणबस मन्त्रिपरिषद बैठकले स्थगन गर्ने निणर्य गरेको सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले जानकारी दिए । सम्मेलनमा दलाई लामाले चीन विरुद्ध विद्रोह गरेको दिन मार्च १०देखि सम्मेलन उद्घाटन गर्ने र दलाई लामालाई समेत भर्चुअल रुपमा भएपनि उपस्थिति गराउने तयारी भएपछि चीनले गम्भीर चासो राखेको थियो ।
यता प्रदेश सभाका सभामुख तुलाराम घर्ती, माओवादी केन्द्रका सांसद इन्द्रजित थारु, प्रमुख प्रतिपक्षी एमालेले समेत शिखर सम्मेलन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको स्वार्थमा आयोजना गरिएको र प्रदेश सभालाई पर्याप्त जानकारी नगराइएको भन्दै गम्भीर प्रश्न उठाएका थिए । संघीय संसदमा समेत एमाले सांसद सूर्य थापाले सम्मेलनले चीनसंगको सम्बन्ध बिगार्ने सम्मेलन स्थगित गर्न संसद वैठकमै माग गरेका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी