ट्रेंडिंग:

>> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु

निर्वाचनका प्रतिवद्धता भुल्दै जनप्रतिनिधि

स्थानीय तहको केन्द्रदेखि वडा कार्यालयसम्म जोड्ने सडक पक्की बनाउने, स्थानीय तहभित्र रहेका सबै सडकको स्तरोन्नति गर्दै बाह्रै महिना यातायात सुचारु गर्ने जस्ता योजना रोल्पाका सबैजसो उम्मेदवारले अघि सारेका प्रतिवद्धता हुन् । तर, निर्वाचनपछि २ पटक बजेट र नीति तथा कार्यक्रम ल्याईसकेका स्थानीय तहका जनप्रतिनिधिहरूले आफैले अघि सारेको चुनावी घोषणा पत्र भुल्दै जान थालेका छन् ।
२२ फाल्गुन २०८०, मंगलवार
२२ फाल्गुन २०८०, मंगलवार

रोल्पा, २२ फागुन । दश वर्ष लामो सशस्त्र द्वन्द्वको सबैभन्दा बढी पीडा भोगेको रोल्पा समग्र विकासमा पनि निकैपछि रहेको छ भने रोल्पालीमा विकासप्रतिको तृष्णा धेरै रहेको छ । अझ २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारहरूले विकासप्रतिका महत्वपूर्ण प्रतिवद्धता पत्र सार्वजनिक गरेकाले रोल्पालीमा विकासप्रति आशा जाग्नु स्वभाविक नै हो । तर, प्रतिवद्धता सार्वजानिक हुँदा रोल्पाली जनतामा जुन उत्साह र आशा रहेको थियो अहिले त्यसको कार्यन्वयन नहुँदा निराशा बढेको छ । स्थानीय तहको केन्द्रदेखि वडा कार्यालयसम्म जोड्ने सडक पक्की वनाउने, स्थानीय तहभित्र रहेका सवै सडकको स्तरोन्नती गर्दै बाह्रै महिना यातायात सुचारु गर्ने जस्ता योजना रोल्पाका सबैजसो उम्मेदवारले अघि सारेका प्रतिवद्धता हुन् । स्थानीय तहमा स्नातक तहको क्याम्पस संचालन गर्ने, प्राविधिक धारको शिक्षालय संचालन गरी दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने जिल्लाका प्रायः सवै स्थानीय तहका साझा मुद्दा हुन् ।

गरिव र जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ती उपलब्ध गराउने, युवाहरूलाई स्वरोजगार बनाउनका लागि बैंक तथा वित्तिय संस्था एवं सहकारीहरूसँग साझेदारी गर्ने चुनावका बेला अघि सारिएको अर्को साझा कार्यक्रम हो । पर्यटनको ठूलो सम्भावना नभएपनि रोल्पाका अधिकांश उम्मेदवारले पर्यटन विकासलाई महत्वका साथ उठान गरेका थिए । तर, निर्वाचनपछि २ पटक बजेट र नीति तथा कार्यक्रम ल्याइसकेका स्थानीय तहका जनप्रतिनिधिहरूले आफैले अघि सारेको चुनावी घोषणा पत्र भुल्दै जान थालेका छन् ।

दश स्थानीय तह रहेको रोल्पामा सबै स्थानीय तहमा नयाँ नेतृत्व आएको छ । २०७९ सालको स्थानीय तह निर्वाचनमा रोल्पा नगरपालिका, सुनिलस्मृती, लुंग्री, सुनछहरी, थवाङ, परिवर्तन र माडी गाउँपालिका नेकपा माओवादी केन्द्रले जितेको छ । यसैगरी, गंगादेव र रुन्टीगढी गाउँपालिका नेपाली काँग्रेस र त्रिवेणी गाउँपालिका नेकपा एमालेले जितेका स्थानीय तह हुन् । रोल्पाको एक मात्र नगरपालिका हो, रोल्पा नगरपालिका । रोल्पा नगरपालिकामा २०७४ र २०७९ मा सम्पन्न दुईवटै स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रले जितेको थियो । २०७४ सालमा नगरपालिकाको नेतृत्व पूर्ण केसीले गरेका थिए भने २०७९ को निर्वाचनपछि दोश्रो कार्यकालका लागि सुरेन्द्र घर्तीमगर नगरप्रमुखमा निर्वाचित भए ।

‘प्रतिवद्धता पुरा हुन पाँच वर्ष लाग्छ’

रोल्पा नगरपालिकाको प्रमुख पदको उम्मेदवार हँुदा घर्तीमगरले नगर रिङरोडको योजनालाई निरन्तरता दिई पूर्णता दिईने प्रतिवद्धता पत्रमा उल्लेख गरेका थिए । चुनावी प्रतिवद्धता पत्रमा उल्लेख गरेका अन्य विकासका मुद्धाहरूमा वडाका मुल र सहायक सडकको स्तरोन्नती गर्ने, लिवाङ दारवोट र माडीचौर घर्तीगाउँ मुख्य सडक र लिवाङ सरोफेरोका सडकहरू कालो पत्रे गर्ने, नगरपालिका केन्द्रदेखी प्रत्येक वडा जोड्ने सडकहरू बाह्रै महिना मोटर चल्ने गरी ग्रावेल सडक बनाउने रहेका थिए । यसैगरी चुनारे भिर, माडीखोलाको सस्पेन्सन व्रिजको सम्भाव्यता अध्ययन गरी निर्माण कार्यलाई उच्च प्राथमिकता दिइने उल्लेख गरिएको थियो ।

स्वास्थ्यतर्फ प्रदेश सरकारमार्फत ५० शैयामा स्तरोन्नती गरिँदै गरेको रोल्पा अस्पताल निर्माण कार्यलाई तत्काल सम्पन्न गरी नयाँ सुविधासहित विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिनेछ । वडास्तरीय शहरी स्वास्थ्य केन्द्रहरूमा अझै सेवा सुविधा बढाईने, सुत्केरी आमाहरूलाई थप पोषण रकम दिईने, आधारभूत स्वास्थ्य सेवा निशुल्क प्रदान गरिने, ११० प्रकारका औषधी निःशुल्क वितरण गरिने, जडीबुटी प्रशोधनमा जोड दिइने उल्लेख गरिएको थियो ।

शिक्षा क्षेत्रमा रोल्पा नगरपालिकालाई शैक्षिक हवको योजनालाई निरन्तरता दिदै विभिन्न तहका विद्यालय क्याम्पस कलेजहरूको भौतिक पूर्वाधार, अध्ययन सामग्री र अध्ययन अध्यापनमा नविनतम विधिको सवालमा राम्ररी अध्ययन अनुसन्धान गरी कार्यान्वयनका लागी विशेष योजना बनाइने उल्लेख छ । बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको सेवा सुविधालाई संघीय सरकारले निर्धारण गरेको मापदण्डसम्म पुयाइने र नगरपालिकामा स्नातक तहको ईन्जिनियरिङ कलेजको स्थापना गरिने उल्लेख गरिएको थियो ।

एक घर एक धाराको सरकारको लक्ष्यलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने, विद्युत नपुगेको ठाउँहरूमा विद्युत पु¥याउने, अति विपन्न र गरिव समुदायलाई विद्युत महसुलमा छुट दिने, संचार सेवा नभएका स्थानहरूमा टावर राखी संचार सेवा उपलब्ध गराउने, संचारकर्मीहरूको स्वास्थ्य विमालाई निरन्तरता दिने उल्लेख गरिएको थियो । जेष्ठ नागरिकहरूलाई यातायातमा भाडा छुटका लागि पहल गर्ने, धांसी र माडी खोलामा अघि बढेको जलविद्युत आयोजना निर्माणको कामलाई अगाडि बढाउन सहजीकरण गर्ने नगर प्रमुख घर्तीको चुनावी प्रतिवद्धता हुन् ।

सामाजिक न्यायको रूपमा वैदेशिक रोजगारीमा तेश्रो मुलुक पुगेको नगरवासीहरूको मृत्यु भएमा शव घरसम्म ल्याउनका लागी आवश्यक खर्च व्यवस्थापन गर्ने, जातीय छुवाछुत मुक्त नगर घोषणा गर्ने उल्लेख गरिएको छ । यस अवधिमा चुनावी प्रतिवद्धता पत्रमा उल्लेख गरिएका कैयौं विषय सम्पन्न भईसकेको नगर प्रमुख घर्तीमगरको भनाइ छ । प्रतिवद्धता पत्रमा उल्लेख गरेका विषयमध्ये वाजावाङ माडीखोलाको मोटरेवल पुल निर्माणको काम आरम्भ भएको, प्रदेश सरकारमार्फत ५० शैयामा स्तरोन्नती गरिदै गरेको रोल्पा अस्पताल निर्माण कार्यलाई सम्पन्न भई हस्तान्तरण भईसकेको नगरप्रमुख घर्तीमगरको भनाई छ । प्रतिवद्धता पत्रमा उल्लेखित शहीद परिवारलाई निःशुल्क स्वास्थ्य विमा गरिने, कृषि र पशुजन्य उत्पादन र पालनमा अनुदान दिईने जस्ता कुरा पनि कार्यान्वयन भएको उनको भनाइ छ । निर्वाचनमा जनतासामु प्रस्तुत गरिएको प्रतिवद्धता पत्र आफ्नो मार्गदर्शक दस्तावेज भएकाले ५ वर्षभित्र अधिकांश प्रतिवद्धताहरू पुरा हुने नगरप्रमुख घर्तीमगरले बताए ।

कृषि र स्वास्थ्यलाई प्राथमिकता

गंगादेव गाउँपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको त्रिपक्षिय प्रतिस्पर्धा थियो । तीन दलका उम्मेदवारबीच निकै कम मतान्तरले हारजित भएको सो निर्वाचन नेकपा माओवादी केन्द्रका वीरबहादुर खत्रीले जितेका थिए । ३० वैशाख २०७९ मा भएको निर्वाचन नेपाली काँग्रेसका उम्मेदवार हरिवहादुर पुनले जिते । २०७४ सालको निर्वाचन जितेको नेकपा माओवादी केन्द्रका उम्मेदवार वीरवहादुर खत्री तेश्रो स्थानमा झर्दा नेकपा एमालेका उम्मेदवारले दोश्रो स्थान हासिल गरेका थिए ।
सो निर्वाचनमा नेपाली काँग्रेसको तर्फवाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार हरिवहादुर पुनले निकै लोकप्रिय कार्यक्रमसहित निर्वाचन प्रतिवद्धता पत्र सार्वजनिक गरेका थिए । उनले अधिकांश योजना आर्थिक वर्ष २०७९/८० मै सुरु गर्ने गरी प्रतिवद्धता पत्र सार्वजिक गरेका थिए । कृषि क्षेत्रलाई निर्वाहमुखी नभई व्यवसायिक गर्ने योजना ल्याउने, कृषकहरूको अवस्था हेरी कृषि अनुदान, आवश्यकतामा आधारित तालिम दिने प्रतिवद्धता पत्रमा उल्लेख गरेका थिए ।

उन्नत जातको विउ विजन वितरण गर्दै आधुनिक प्रजातिका फलफुलका विरुवा वितरणको नाममा भएका विकृतीलाई सही व्यवस्थापन गर्ने कार्यलाई आव २०७९/०८० मा सुरु गरेर ५ वर्षभित्र पुरा गर्ने उल्लेख गरेका छन् । यसैगरि गाउँपालिका तथा वडापालिकामा कृषि विज्ञको व्यवस्थापन गरी घरदैलोमा कृषि विज्ञ कार्यक्रम संचालन गर्ने, कृषि उपजलाई समयमै वजार पु¥याउन आवश्यक सहजीकरण गर्ने, पशु तथा पंक्षीपालनलाई कृषिसँग जोड्ने योजना ल्याउने र उत्कृष्ट किसानलाई वर्ष किसानको रूपमा सम्मान गर्ने कृषि क्षेत्रमा व्यक्त गरिएका प्रतिवद्धता हुन् । जेष्ठ नागरिक, अपांगता भएका, दलित तथा अवस्था अध्ययन गरि १ लाखको निशुल्क स्वास्थ्य विमा गर्ने, १५ शैयाको विशेषज्ञसहितको अस्पताल संचालनका लागी योजना निर्माण गरिने, उक्त कार्य २०७९/०८० देखी सुरु गरी ३ वर्षभित्र पुरा गर्ने उल्लेख गरिएको थियो । प्रत्येक वर्ष गाउँ गाउँमा स्वास्थ्य विशेषज्ञको सेवा कार्यक्रममार्फत जेष्ठ नागरिक, महिला, वालवालिकालाई केन्द्रित गरी वहुविशेषज्ञ सेवासहितको स्वास्थ्य शिविर संचालन गर्ने, जनताको पायक पर्ने स्थानमा प्रसुती गृह, सुरक्षित मातृत्व तथा पोषण कार्यक्रम लागु गर्ने साथै सुत्केरीलाई गाउँपालिकाभित्र निशुल्क र वाहिर विशेष सहुलियतमा एम्बुलेन्स सेवा संचालन गर्ने स्वास्थ्य क्षेत्रमा व्यक्त गरिएका प्रतिवता हुन् । स्वास्थ्य क्षेत्रमा व्यक्त गरिएका अन्य प्रतिवद्धताहरूमा स्वास्थ्यमा लगानी गर्न युवाहरूलाई प्रोत्साहन कार्यक्रम ल्याइने, एमविविएस पढ्न चाहने विद्यार्थीहरूका लागि प्रत्येक वर्ष २ जनालाई आंशिक छात्रवृत्तीको व्यवस्था गर्ने रहेका छन् ।

गाउँपालिका अध्यक्ष पुनको चुनावी प्रतिवद्धतामा बालमैत्री, किशोर किशोरीमैत्री विद्यालय वातावरण निर्माण गर्ने, गुणस्तरीय शिक्षा प्रदान गर्न विभिन्न कार्यक्रमहरू ल्याउने, विद्यालयलाई आइसिटीमैत्री वनाउन विशेष योजना ल्याउने उल्लेख गरिएको छ । गाउँपालिकाभित्रका शतप्रतिशत जनतालाई स्वच्छ खानेपानीको पहुँचमा ल्याउने, स्थानीय स्तरमा भएका पानी श्रोतको पहिचान गरी अनिवार्य सहभागितामा एक घर एक धाराको योजना ल्याउने उल्लेख गरिएको थियो । प्रत्येक गाउँपालिकावासीलाई सहुलियतसहितको विद्युत पहुँचको व्यवस्था गर्ने, टेलिकम नेटवर्कको विस्तार तथा क्षमता वृद्धी गर्ने कार्यक्रमका लागि सम्बन्धित निकायमा पहल गर्ने, गापा भित्रका अस्तव्यस्त सडकलाई सुधार गरि वाह्रै महिना यातायात संचालन गर्ने उल्लेख गरिएको छ ।

गाउँपालिकाभित्र रहेका धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्ने योजना ल्याउने, युवा स्वरोजगारका कार्यक्रमहरू ल्याउने, प्रत्येक वडाका स्वरोजगारसँग सम्वन्धित शिक्षक सेवा, लोकसेवा, प्रहरी सेना आदिसँग सम्बन्धित रहेको पुस्तकालय शाखाको व्यवस्था गरिने प्रतिवद्धता व्यक्त गरिएको थियो । वैदेशिक रोजगारीवाट फर्किएका युवाहरूको सीप र अनुभवलाई उत्पादन क्षेत्रमा प्रयोग गर्न उत्प्रेरित गर्ने उल्लेख गरिएको थियो ।

गाउँपालिका तथा सवै वडाको प्रशासनिक भवन कार्यालय निर्माण गर्ने र उमेरको निर्धारण गरी एकल पुरुषहरूलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्ने, युद्ध पिडित तथा विभिन्न प्रकोपबाट पिडितहरूका लागि जीवन निर्वाह सहजताका कार्यक्रम ल्याउने गाउँपालिका अध्यक्ष पुनले निर्वाचनका वेला व्यक्त गरेका थप प्रतिवद्धता हुन् । गाउँपालिकाका यस अघिका धेरै काम अस्तव्यस्त भएकाले प्रणालीमा ल्याउन ध्यान दिनु परेकाले चुनावी प्रतिवद्धता पत्रका धेरै कुरा कार्यान्वयन गर्न वाँकी रहेको अध्यक्ष पुनको भनाई छ । प्रतिवद्धता पत्रमा उल्लेखित केही विषय कार्यान्वयनमा गई सकेको उनको भनाई छ । अझै धेरै समय वाँकी रहेकाले श्रोत साधनको अवस्था हेरी धेरै कुरा कार्यान्वयनमा जाने अध्यक्ष पुनले बताए ।

रोजगारीमा जोड

२०७४ सालको स्थानीय तह निर्वाचनमा जिल्लाका दश स्थानीय तहमध्ये नेपाली काँग्रेसले जितेको एक मात्र स्थानीय तह लुंग्री गाउँपालिका थियो । २०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा भने सो गाउँपालिका नेकपा माओवादी केन्द्रले जित्यो । अघिल्लो पटकको निर्वाचनमा लुंग्री गाउँपालिका वडा नं. ५ को वडाध्यक्ष रहेका भरत थापा २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फवाट गाउँपालिका अध्यक्षको उम्मेदवार वनि विजयी समेत भएका थिए । अध्यक्ष थापाले निर्वाचनका क्रममा अघि सारेको चुनावी प्रतिवद्धतामा शतप्रतिशत वालवालिकालाई विद्यालय भर्ना गर्ने, गाउँपालिकामा एउटा क्याम्पसको स्थापनाका लागी पहल गर्ने, वार्षिक ५० जनालाई उच्च शिक्षा हासिल गर्नको लागि छात्रवृत्तीको व्यवस्था गर्ने, सवैलाई पायक पर्ने ठाउँमा वहु प्राविधिक शिक्षालयको स्थापना गरि प्रावधिक जनशक्ति उत्पादनमा पहल गर्ने उल्लेख गरिएको थियो । शिक्षा क्षेत्रमा उनले अघि सारेका थप प्रतिवद्धता पत्रमा दलित, विपन्न, अपांग जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न छात्रवृत्तीको व्यवस्था गर्ने, ५ वर्षभित्र आधारभूत र माध्यमिक तहमा कम्प्युटर र स्मार्ट वोर्डको व्यवस्था गरि प्रविधिमैत्री शिक्षाको व्यवस्था गर्ने, निजीश्रोत शिक्षकको उचित व्यवस्थापन तथा उचित पारिश्रमिकसहित नीजि श्रोत शिक्षक मुक्त गाउँपालिका वनाउने रहेका छन् । प्रत्येक विद्यालयमा वालमैत्री भौतिक संरचना निर्माणमा जोड दिने, वालविकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगी उचित पारिश्रमिक र व्यवस्थापन गर्न पहल गर्ने, हाल विद्यालयलाई दिइदै आएको दिवाखाजालाई थप व्यवस्थीत गर्दै कक्षा ८ सम्म पु¥याईने गाउँपालिका अध्यक्ष थापाले निर्वाचन वेला अघि सारेका प्रतिवद्धता हुन् । प्रत्येक वडाका टोलवस्तीहरूमा आपत्कालिन तथा प्राथमिक स्वास्थ्य सेवा दिने व्यवस्था गरिने, निशुल्क एम्वुलेन्स सेवा दिईने, प्रत्येक वडाका स्वास्थ्य संस्थामा एम्वुलेन्स सेवा र स्वास्थ्य विमा सेवा उपलव्ध गराईने, जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य परिक्षण गराइने स्वास्थ्य क्षेत्रका प्रतिवद्धता हुन् । स्वास्थ्य क्षेत्रकै प्रतिवद्धता अन्तरगत गर्भवती महिलालाई निशुल्क स्वास्थ्य परिक्षण र भिडियो एक्स रे सेवा उपलव्ध गराउने, पालिका स्तरमा आधारित अस्पताल निर्माणका लागि पहल गर्ने, कम्तिमा महिनाको एक पटक विशेषज्ञ डाक्टरहरूको टोलीद्धारा गाउँपालिका स्तरमा स्वास्थ्य शिविर संचालन गर्ने रहेका छन् ।

तरकारी खाद्यान्न लगायत वहुमूल्य फलफुल तथा जडीवुटीको सम्भाव्यता अध्ययन विज्ञमार्फत् गराई खेती गर्न योग्य माटो र हावापानी परिक्षण गरी सोही अनुसार खेती गर्न व्यवस्थापन गर्ने, उत्पादित वस्तुको उचित वजार व्यवस्थापनको सुनिश्चित गर्ने, कृषि क्षेत्रको विकासका लागि व्यक्त गरिएको प्रतिवद्धता हो । प्रत्येक किसानको वाली विमा गरिने र उचित क्षतिपूर्तीको व्यवस्था गर्ने, लोकल गाई र लोकल खसी वाख्रा संरक्षणका लागि विशेष कार्यक्रम वनाई लागु गर्ने अध्यक्षको उम्मदेवार वन्दा अध्यक्ष थापाले अघि सारेका प्रतिवद्धता हुन् । शिक्षित वेरोजगार युवाहरूलाई स्थानीय सरकारको जमानतमा सहुलियत कर्जा प्रदान गरी स्वरोजगारमुलक वनाउने, गाउँपालिकामा खेलकुद प्रशिक्षण केन्द्र स्थापना गरि संचालन गर्ने, एक वडा एक खेलमैदानको व्यवस्था गर्ने उल्लेख छ ।

रिङरोडको अवधारणालाई अघि सार्ने, पालिकाभित्रका सवै सडक स्तरोन्नतीका लागि विशेष जोड दिने, पालिकावाट वडा जोड्ने सवै सडकलाई वाह्रै महिना यातायात चल्ने गरि नियमित गर्ने, ५ वर्षभित्र एक घर एक धारा कार्यक्रम पुरा गरिने र खानेपानीको श्रोत नभएका वस्तीमा लिप्ट खानेपानीको व्यवस्था गर्ने उनको प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउन विशेष कार्यक्रमको योजना ल्याउने, गाउँपालिकाका सवै वडाका सवै टोलमा विद्युत विस्तार गर्ने, गाउँपालिकाभरि निश्चित यूनिटको विद्युत निशुल्क गर्ने, एक वडा एक सुपथ मूल्यको पसलको व्यवस्था गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको थियो । महिनाको २ पटक हाट बजारको व्यवस्था गर्ने, गाउँपालिकामा संकलन केन्द्र स्थापना गर्ने, उत्पादित वस्तुलाई वजारसम्म पु¥याई विक्री वितरण गर्न सहजीकरण गर्ने, एक घर एक रोजगारीलाई विशेष जोड दिने गाउँपालिका अध्यक्ष थापाले निर्वाचनको क्रममा अघि सारेका चुनावी प्रतिवद्धता हुन् । यसअघि पनि जनप्रतिनिधि भएर काम गरेको अनुभव भएकाले काम गर्न सकिने जति मात्रै चूनावी प्रतिवद्धता पत्रमा उल्लेख गरेको गाउँपालिका अध्यक्ष थापाको भनाई छ । निर्वाचन भएको त्यति लामो समय नभएकाले पाँचौ वर्षसम्म अधिकांश काम पुरा गरिने अध्यक्ष थापाको भनाई छ ।

हाटवजारले तरकारी किसान लाभान्वित

रुन्टीगढी गाउँपालिका रोल्पाको एक सुगम गाउँपालिकाको रूपमा चिनिन्छ । दाङसंग सिमाना जोडिएको यस गाउँपालिकामा २०७४ सालमा नेकपा एमालेको नेतृत्वमा स्थानीय सरकार गठन भएको थियो । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको त्रिपक्षीय प्रतिस्पर्धा भएको सो गाउँपालिका २०७९ सालमा भने नेपाली काँग्रेसले जितेको थियो । २०७४ सालको स्थानीय तह निर्वाचनमा वडाध्यक्ष हारेका जनक पुनले नेपाली काँग्रेसको उमेदवार वनि गाउँपालिका अध्यक्ष जितेका थिए । उक्त निर्वाचनमा अध्यक्षका उम्मेदवार पुनले निकै लामो चुनावी प्रतिवद्धता पत्र सार्वजिक गरेका थिए । सार्वजिक गरिएको प्रतिवद्धता पत्र अनुसार रुन्टीगढी गाउँपालिका अन्तरगत सवै वडा र गाउँमा रहेका पहुँच मार्गलाई स्तरोन्नती गरि वाह्रै महिना यातायात संचालन गर्ने, हालसम्म वाँकी रहेका गाउँमा पहुँच मार्ग निर्माण गर्ने, गाउँपालिका केन्द्र होलेरी वजारवाट जोडिएका वडा कार्यालय जाने सडक कालो पत्रे गर्न सुरुआत गर्ने उल्लेख गरिएको छ ।

चुनढुंगा उत्खननलाई वातावरणमैत्री उपाय अवलम्वन गरि वैकल्पिक मार्ग र शहिद मार्ग पुनः निर्माणका लागी पहल गर्ने, बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीलाई उचित पारिश्रमिकको व्यवस्था गर्ने, माध्यमिक शिक्षा पूर्ण निशुल्क गर्ने व्यवस्थालाई कार्यान्वयन गर्ने, अति विपन्न र जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षाका लागी छात्रवृत्तीको व्यवस्था गर्ने, आधारभूत तह र माध्यमिक तहमा विषयगत शिक्षकको व्यवस्था गर्ने गाउँपालिका अध्यक्ष पुनले अघि सारेको प्रतिवता पत्रमा उल्लेख गरिएको थियो ।

रुन्टीगढी गाउँपालिकाको केन्द्रमा रहेको महेन्द्र मावि होलेरीमा समय सापेक्ष प्राविधिक विषयको पठनपाठन गर्ने व्यवस्था गर्ने र यसलाई अन्य वडाका विद्यालयमा क्रमशः विस्तार गर्दै लगिने, रुन्टीगढी गाउँपालिकामा उच्च शिक्षा अध्ययनका लागी क्याम्पसको स्थापना गर्ने प्रतिवद्धता पत्रमा समावेश गरिएका अन्य कार्यक्रम हुन् । प्रत्येक विद्यालयलाई क्रमशः आरसिसी भवन निर्माण गर्दै टिनको छानो मुक्त विद्यालय वनाईने, डिजिटल कक्षा, सिसिटिभी तथा विद्युतिय हाजिरीको प्रवन्ध मिलाउने, विद्यालयमा कार्यरत निजी श्रोतका शिक्षकलाई पालिकावाट व्यवस्थापन गर्ने भनिएको थियो ।

निरोगी महिला, निरोगी वच्चा, कार्यक्रम अन्तरगत मातृ शिसु स्याहार कार्यक्रमलाई प्राथमिकतामा राखिने, स्वास्थ्य समस्यावाट ग्रसित नागरिकको सेवा प्रवाह तथा पहुँचमा वृद्धी गर्न भिडियो एक्स रे र ल्याव टेष्ट टिमसहित प्रत्येक वडा स्वास्थ्य संस्थामा मोवाईल क्लीनिक कार्यक्रम संचालन गर्ने स्वास्थ्य क्षेत्रमा अघि सारिएको कार्यक्रम हो । प्राथमिक स्वास्थ्य केन्द्रमा नियमित डाक्टर र अत्याधुनिक स्वास्थ्य सामाग्रीको व्यवस्था गर्ने, महिला स्वास्थ्य स्वयम सेविकाको उचित पारिश्रमिकको व्यवस्था गर्ने स्वास्थ्य क्षेत्रका थप कार्यक्रम हुन ।

रुन्टीगढी उज्यालो कार्यक्रम अन्तरगत ग्रामीण विद्युतिकरण विस्तारलाई रुन्टीगढीका सम्पूर्ण घरधुरीमा पुर्याउने, २० यूनिटसम्म विद्युत उपभोग गर्ने परिवारको विद्युत शुल्क निशुल्क गर्ने, खानेपानीको अति आवश्यक गाउँमा एक घर एक धाराको खानेपानी प्रवन्ध गर्ने, होलेरी वजारमा खानेपानी व्यवस्था गर्ने गाउँपालिका अध्यक्ष पुनको चुनावी प्रतिवद्धता पत्रमा उल्लेख गरिएका विषय हुन् । पर्यटन प्रवद्र्धनका लागि गरिएका डिपिआरहरूको समीक्षा तथा अद्यावधिक गरी कार्यान्वयनमा ल्याउने, पर्यटनमुखी लघुउद्यमको विकासमार्फत पर्यटक आकर्षण गरि आयआर्जनमा वृद्धी गर्ने, रुन्टीगढीमा पहिचान भएका पर्यटकीय स्थललाई पर्यटक आकर्षण केन्द्रको रूपमा विकास गरी पर्यटकमैत्री बनाउने अध्यक्ष पुनको प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

पैदलमार्ग, लम्विय पहाड पैदल यात्रा, साहसिक पर्यटन (वन्जी जम्प, प्यारा ग्लाईडिङ, जीप प्लायर, जंगल सफारी, नाइट जंगल स्टे) संचालनका लागि दातृ निकाय र नीजि लगानीलाई प्रोत्साहन गर्ने, उघा र खर्से व्यारेकलाई व्यवस्थापन गरि उत्कृष्ट लिभिङ डिजिटल पार्क निर्माण गर्ने पर्यटन क्षेत्रमा अघि सारिएको चुनावी प्रतिवद्धता हो । वेरोजगार युवाहरूका लागी आयआर्जन र सीपमुलक तालिम संचालन गरि रोजगारीमा सहभागि गराउने, लघु उद्यम विकास कार्यक्रम अन्र्तगत एक गाउँ एक उद्यमको विकास गर्ने, वेरोजगार युवाहरूलाई अनुदान तथा सहुलियत दरको ऋण उपलव्धताका लागि स्थानीय सहकारीसँग साझेदारी गर्ने भनिएको छ ।

खेलकुदका लागी कवर्ड हलको निर्माण गरि खेलकुद विकास र व्यवस्थापनमा सहयोग गर्ने, अति विपन्न घरधुरीको छनौट गरी उनीहरूको आय आर्जन वृद्धी गरी आत्मसम्मान वृद्धी गर्न एकीकृत योजनासहितको सहयोग कार्यक्रम संचालन गर्ने उल्लेख गरिएको छ । बालश्रम र वालविवाह अन्त्यका लागि रणनीतिक योजना निर्माण गरी वालश्रम र वालविवाह मुक्त क्षेत्र घोषणा गर्ने, सुकुम्वासीलाई सुरक्षित आवास र रोजगारीको व्यवस्था गर्ने भनिएको छ ।

विकसित देशसंग भगिनी सम्वन्ध स्थापना गरि आवश्यक श्रोतको व्यवस्थापन गरी अवसरको खोजी गर्ने, राष्ट्रिय तथा अन्तराष्ट्रिय दातृ निकायसंगको समन्वयमा प्रभावकारी कार्यक्रम कार्यन्वयनमा सहयोग पु¥याउने गाउँपालिका अध्यक्ष पुनले अघि सारेका चुनावी प्रतिवद्धता हुन् । चुनावी प्रतिवद्धता पत्र नै आफ्नो मुल मन्त्र भएको गाउँपालिका अध्यक्ष पुनको भनाई छ । केही कामको सुरुआत गरिएपनि परिणाम देखिन केही समय लाग्ने उनको भनाई छ । केही आफ्नै श्रोतवाट र केही प्रदेश तथा संघवाट पनि अपेक्षा गरिएकाले श्रोत उपलव्ध प्रतिवद्धता पत्रका धेरै काम सम्पन्न गर्न सकिने अध्यक्ष पुनको भनाई छ ।

हालसम्म परिणाम देखिने र जनताले प्रत्यक्ष राहात अनुभूती गरेको कार्यक्रम रुन्टीगढी गाउँपालिकाले अघि सारेको छ । तरकारीको निकै राम्रो सम्भावना भएको यस क्षेत्रमा २०५४ सालमा नै हाटवजार संचालन गर्ने भनियो । केही सुरुआत पनि भयो तर त्यसले सफलता पाउन सकेन । दश वर्ष लामो सशस्त्र द्धन्दले मानिसहरू भेला जम्मा हुने र आवत जावत गर्ने अवस्था खुम्चदै गएपछि यसले सार्थकता पाउन सकेन । २०६३ सालको शान्ति प्रकृया पछि सहज अवस्था आयो । पुनः गाउँविकास समितिहरूले हाट वजार संचालन गर्ने योजना अघि सारेपनि जनप्रतिनिधि विहिन गाउविकास समितिले जनतासंग जोडिएको काम गर्न सक्ने अवस्था थिएन । २०७४ सालमा निर्वाचित पहिलो स्थानीय सरकारले पनि हाट वजार संचालन गर्न केही पहल गरे पनि सार्थक परिणाम भने हासिल भएन ।

पछिल्लो पटक २०७९ सालमा निर्वाचित स्थानीय सरकारले आफ्नो कार्यकालको दोश्रो वर्षमा हाट वजार संचालनमा ल्याएको हो । विगतका गाउँविकास समितिहरूले हाटवजार लगाउने भन्दै केही संरचना पनि वनाएर २,४ दिन हाट वजार संचालन गरे पनि यसले निरन्तरता पाउन सकेको थिएन, अहिले भने दीगो ढंगले अघि वढिरहेको छ रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले भने । हाटवजारमा स्थानीय कृषकहरूले दैनिक ६५ हजार किलोग्राम सम्म कृषि उपज विक्री वितरण गर्दै आएका छन । हरेक हप्ताको मंगलवार, विहिवार र शनिवार लाग्ने हाटवजारमा गाउँपालिका भित्रका ९ वटै वडाका किसानहरूले कृषि उपज विक्री वितरण गर्ने गर्दछन । किसानले उत्पादन गरेका कृषि उपज खरिद गर्न भारतका साथै नेपालका विभिन्न जिल्लाका व्यापारीहरू होलेरी पुग्ने गर्दछन । तरकारी अभाव हुँदा भारतको रूपैडियावाट समेत व्यापारीहरू आउछन् भने नेपालका दाङ, नेपालगंज, कैलाली, भैरहवा र वुटवलका व्यापारीहरू सधैजसो कृषि उपज खरिद गर्न होलेरी आउने गरेको रुन्टीगढी गाउँपालिकाका अध्यक्ष पुनले बताए । हाट वजार लागेको दिन किसानहरूले कम्तिमा ३५ हजार र वढीमा ६५ हजार किलोग्रामसम्म तरकारी विक्री गरेको अभिलेख रहेको पनि गाउँपालिका अध्यक्ष पुनले जानकारी दिए ।

गाउँ नजिकै हाट वजार संचालन भएपछि तरकारी खेती गर्न किसानहरू उत्साहित भएका छन् । ‘हाट वजार नहुँदा ठूलो रकम विचौलियाले खान्थे । हामी किसानसम्म त निकै थोरै पैसा आउथ्यो’, रुन्टीगढी गाउँपालिका–९ का चन्द्रप्रकाश महराले भने । विदेशमा ११ वर्ष विताएका महराले गाउँमै तरकारीले उचित मुल्य पाउन थालेपछि भने विदेश जान छाडेर यतै तरकारी खेती गर्न थालेका छन् । तरकारी विक्री गरेर एक सिजनमा २० लाखसम्म आम्दानी हुने गरेको पनि महराले बताए ।

कृषि पेशाप्रति थप आकर्षण बढाउन गाउँपालिकाले तरकारी उत्पादक कृषकहरूवाट लिदै आएको कर छुट गरेको छ । यस क्षेत्रका तरकारी उत्पादक कृषकहरूले स्थानीय करको रूपमा तरकारी कर वुझाउदै आएका थिए । तरकारी उत्पादक कृषकहरूले यसअघि प्रति किलो पचास पैसाका दरले तरकारी कर तिर्ने गर्दथे । अघिल्लो कार्यपालिकाको सो निर्णयलाई वर्तमान कार्यपालिकाले परिवर्तन गरेको हो । अघिल्लो वर्षको आषाढ १० गते सम्पन्न गाउँपरिषदमा पेश भएको नीति तथा कार्यक्रममार्फत् कृषकहरूले तिर्दै आएको सो कर नलिने निर्णय गरेको हो । उक्त निर्णय आर्थिक वर्ष ०७९/०८० को साउन १ गते देखी लागु भएको गाउँपालिकाको भनाई छ ।

निर्वाचनताका गरिएका प्रतिवद्धता मध्ये हाल जनताले प्रत्यक्ष लाभ लिएको रुन्टीगढी गाउँपालिकाको यो काम वाहेक जिल्लामा अन्य उल्लेखनीय काम हुन नसकेको स्थानीयहरूको वुझाई छ । चुनावको वेला आवश्यकता पहिचान र वस्तुस्थितीको अध्ययनविना नै मतदाताको मन जित्ने गरि लोकप्रिय कार्यक्रम ल्याउन प्रतिस्पर्धा भएपनि निर्वाचित भएपछि ती काम ओझेलमा पर्ने गरेको महिला अधिकारकर्मी तीर्था आचार्यले बताइन् । चुनावी प्रतिवद्धता पत्र दल विशेषका भएपनि निर्वाचनपछि भने धेरै दलको मिलिजुली सरकार हुने भएकाले प्रतिवद्धताहरू कार्यान्वयन गर्न चूनौती रहने गरेको आचार्यको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?