© २०२३
बुटवल,२० फागुन । बुटवलको निलकण्ठ बाबा धाम तथा सन्तोषीमाता गुरुकुल विद्याश्रममा विश्वमै पहिलोपटक तीन महिना लामो महायज्ञ सञ्चालन भएको छ । गत पुस १ गतेदेखि सुरु भएको महायाग सकिन १२ दिन मात्र बांकी छ । ३ महिने शिवशक्ति,११ अतिरुद्री, अचुतचण्डी, राष्ट्रकल्याण महायागमा हालसम्म १ लाख भन्दा बढि भक्तजनले दर्शन गरेका छन् । महायाग ७८ औं दिनसम्म आईपुग्दा १ लाख भन्दा बढि भक्तजनले दर्शन गरेको आयोजकले बताएका छन् । भगवान रामको पालामा बाहेक नेपाल भारत लगायत विश्वमा कहि कतै नभएको कठिन महायाग बुटवलमा भएकाले दर्शन गरी पुण्य लाभ लिन आयोजकले सबैमा अपील गरेका छन् । यहायागमा अभिशेक लिन छुटेका भक्तजनलाई यज्ञ स्थलमा आउन धामका सह अध्यक्ष चुरामणी पौडेलले आग्रह गरे ।
नेपाल राष्ट्र लगायत विश्व कल्याणको कामना गरेर धामकी संरक्षक माता देवमाया भट्टराईको संकल्पबाट आयोजना गरिएको कठिन र विश्वमा कहि हुन नसकेको महायज्ञको हिन्दु धर्मावलम्बीले एक पटक दर्शन गर्नुपर्ने यज्ञाचार्य डा राजेन्द्र रेग्मीको भनाइ छ ।
महायज्ञ प्रचारप्रसार समितिका संयोजक समेत खेमराज रेग्मीले यस्तो शक्तिशाली महायज्ञ बुटवलमा हुनु बुटवलको गौरब भएको भन्दै हिन्दु धर्मावलम्बीले दर्शन गर्नुपर्नेमा जोड दिए । महायागमा पुर्व राजा ज्ञानेन्द्र शाह,लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी लगायत विशिष्ठ ब्यक्तित्वहरूले दर्शन गरिसकेका छन् भने कतिपय अब आउने क्रममा रहेको धामले जनाएको छ । यो महायाग अति नै शक्तिशाली र कठिन अनुष्ठान भएको धामका संरक्षक तथा अध्यक्ष माता देवमाया भट्टराईले बताइन् ।
पछिल्लो समय धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित धाममा सञ्चालन भएको तीन महिने महायाग चैत ४ गतेसम्म चल्ने महायाग प्रचारप्रसार विभागका संयोजक गणेश पौडेलले जानकारी दिए । धाममा १३ औ पटक हुन लागेको महायागमा यज्ञआचार्य डा. राजेन्द्र रेग्मी र आचार्य हाकिम भण्डारी (वशिष्ट) लगायत १ सय २१ जना ब्राह्मणबाट ४ बेद , पुराणका उपासना पाठ मन्त्रजप भईरहेको छ । महायाग सम्पन्न गर्न करीब ४ करोड रुपैया खर्च हुने अनुमान रहेको आर्थिक उपसमितिका संयोजक लेख बहादुर कार्कीले जानकारी दिए । यहां कक्षा ६ देखि १२ कक्षासम्म पठनपाठन हुने गुरुकुलमा हाल ७५ जना छात्रहरु अध्ययन गरिरहेका छन् ।