Butwal Today

मसिना युवा क्लबद्वारा तीन दिवसीय भलिबल प्रतियोगिता सुरु

१८ फाल्गुन २०८०, शुक्रबार
अ+
अ-

लुम्बिनी ।

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ११ विचौवपुरमा मसिना युवा क्लबद्वारा ३ दिवसीय भलिबल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको उदघाटन नेकपा एमालेका युवा नेता अब्दुल रहमान मुसलमाले गरेका थिए । कार्यक्रममा बोल्दै मुसलमानले युवाको लागि नयाँ सोच लिएर खेलकुदको विकास गरी वडाबाट उत्कृष्ट खेलाडी उत्पादन गर्ने बताए । विभिन्न किसिमका खेलको आयोजना गरी युवाहरुलाई अगाडि लैजान अगामी दिनमा भलिबल खेललाई क्रमशः बढाउँदै १० दिवसीय सम्म पुर्याउने मुसलमानले बताए । खेलमा १० वटा टिमको सहभागिता रहेको मसिना युवा क्लबका अध्यक्ष गांगराम मुराउले जानकारी दिए ।

प्रतियोगितामा प्रथम पुरस्कार ३० हजार, दोस्रो पुरुस्कार २० हजार र सन्तावन हुनेलाई १० हजार रुपैयाँ रहेको क्लवका अध्यक्ष गंगा राम मुराउले बताएका छन् । कार्यक्रममा प्रकाश पासी, गंगाराम यादवलगायतले भलिबललाई सर्भिस गरी शुभारम्भ गरेका थिए ।