© २०२३
बुटवल, १७ फागुन । नेपाल स्काउटको बुटवल आयुक्तमा नवराज खरेल नियुक्त भएका छन् । स्काउटका क्षेत्रमा लामो समयदेखि कार्यरत खरेललाई बुटवल उपमहानगरपालिकाका प्रमुख स्काउटका स्थानिय संरक्षक खेलराज पाण्डेले आयुक्तमा नियुक्त गरेका हुन् । खरेललाई नेपाल स्काउट नियमावली २०७७ को परिच्छेद ६ दफा २१ को उपदफा १ (क) बमोजिम नियमावलीले व्यवस्था गरेअनुसारको कार्यकाल रहने गरी स्थानीय आयुक्तमा उपमहानगर प्रमुख पाण्डेले नियुक्त गरेका हुन् । खरेल नेपाल स्काउट ऐन, २०५० केही संशोधन र यस अन्तरगत बनेको नेपाल स्काउट नियमावली २०७७ बमोजिम सम्पन्न नेपाल स्काउट स्थानीय परिषद निर्वाचन २०८० मा बुटवल उपमहानगरपालिका स्थानीय परिषद सदस्यमा निर्वाचित भएका थिए ।
स्काउट मास्टर तथा खेलकुद प्रशिक्षक खरेल बिगत १५ बर्षदेखि नेपाल स्काउटको क्षेत्र र सामाजिक काम गर्दै आएका छन् । नेपाल स्काउटको बिपद ब्यवस्थापन आकस्मिक उद्दारकर्ता र खेलकुद क्षेत्रमा कार्यरत उनी बुटवल स्थित नवीन औद्योगिक कदर बहादुर रिता माबिमा स्काउट मास्टर तथा खेलकुद प्रशिक्षणको रुपमा कार्यरत छन् । उनले जाजरकोटको भुकम्प पीडित क्षेत्रमा स्वयंसेवी रुपमा काम गरेका थिए । समाज परिवर्तन आफैबाट गर्नुपर्छ भन्ने धारणा बोकेको खरेलले आफनो बिबाहमा हुने अनावश्यक खर्च कटौती गरि गुल्मीको सारदा माविमा अक्षयकोष स्थापना गरेका छन । खेलकुद र स्काउटका लागि समेत ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना गरेका छन ।