© २०२३
बुटवल, १७ फागुन ।
रुपन्देहीका दुध किसानहरु कृषिमन्त्रीको राजीनामा माग्दै सडक आन्दोलन उत्रेका छन । दुध किसानहरुको समस्याप्रति सरकार गम्भीर नभएको भन्दै उनिहरुले कृषिमन्त्रीको राजिनामा माग्दै विहिबार बुटवलको राजमार्ग चौराहमा कोणसभा गरे । जिल्ला दुग्ध उत्पादक संघको आयोजनामा रुपन्देहीका सहकारीमा आवद्ध किसानहरु राजमार्ग चौराहामा चक्काजाम गर्न लाग्दा प्रहरीको अवरोध भएपछि कोणसभा गरेका थिए । सडकमा केहिबेर प्रहरी र किसान बिच केहीबेर मुठभेडको अवस्था सृजना भएको थियो ।
दुधको समस्या समाधान गर, दुधको भुक्तानी दे, किसान मार्न पाईदैन, कृषि उत्पादनको बजार सुनिश्चित गर, कमिशन खोर मुर्दाबाद, हाम्रो माग पूरा गर, कृषि क्षेत्रको बिचौली अन्त्य गर, दुधको चोरि पैठारी बन्द गर, दुधजन्य पदार्थको आयात बन्द गर, दुधको भुक्तानी तुरुन्त गर, दुधको बजारको सुनिश्चितता गर, कृषि अनुदार ब्यवस्थित गर नारा लगाउदै किसानहरु सडक बन्द गर्न खोजेका थिए ।
जिल्ला दुग्ध उत्पादक संघका अध्यक्ष लेखनाथ पाण्डेले केन्द्रिय सर्कुलर अनुसार नै आफुहरु चक्काजामको कार्यक्रम गर्न लाग्दा प्रहरीबाट दमन गर्न खोजेको आरोप लगाए । आम किसानको समस्याप्रति सरकार उदासिन हुदा आर्थिक नोक्सानी ब्यहोर्नुपरेको उनले दुखेसो गरे ।
कार्यक्रममा संघका उपाध्यक्ष खिमलाल पाण्डेले शान्तिपुर्ण प्रदर्शन र चक्काजामको कार्यक्रममा प्रहरी हस्तक्षेप भएको भन्दै केन्द्रसंग समन्वय गरि थप आन्दोलनका कार्यक्रम तय गरिने बताए ।