ट्रेंडिंग:

>> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु
रुपन्देहीमा दोस्रो मेयर कप तथा छैटौ बुटवल खुला राष्ट्रिय लनटेनिस प्रतियोगिता २०८०

सिगलतर्फ अन्तिम आठको टुगो

दोस्रो दिनका खेलमा जित निकाल्दै रितिक राना, प्रदिप खड्का, आर्यन गिरी, प्रनव मानन्धर, प्रनव खनाल, निशान श्रेष्ठ, आशिष खड्का, सक्षम भुषण अन्तिम आठमा प्रवेश गरेका छन ।
१६ फाल्गुन २०८०, बुधबार
१६ फाल्गुन २०८०, बुधबार

बुटवल, १६ फागुन । रुपन्देहीमा जारी दोस्रो मेयर कप तथा छैटौ राष्ट्रिय खुला लनटेनिस प्रतियोगिता २०८० को दोस्रो दिन ३४ खेलहरु सम्पन्न भएका छन । मेन्स सिगलतर्फ अन्तिम आठको टुगो लागेको छ । देविनगरस्थित लनटेनिस कोर्टमा भएको खेलमा प्रदिप खड्काले दर्शिल श्रेष्ठलाई ६–२, ७–५, आर्यन गिरीले नेहालजंग थापाले ६–३, ६–०, प्रनव मानन्धरले आयुषमान गोललाई ६–०, ६–०, प्रनव खनालले निश्चल कायस्थलाई ६–०, ६–२, निशान श्रेष्ठले विष्णु नेपालीलाई ६–१, ६–३, आशिष खड्काले सास्र्थ बज्राचार्यलाई ६–२, ६–३, सक्षम भुषण शाहले युगान शेर्पालाई ६–१, ६–३, रितिक रानाले बिबेक गर्बुजालाई ६–३, ६–१ को सेटमा जित निकाल्दै क्वाटरफाईनलमा प्रवेश गरेका छन ।

यसैगरि ३५ प्लस मेन्स सिगलमा कमल भण्डारीले अभिषेक पाठकलाई ६–०, ६–०, राजन पौडेलले चुम बहादुर शाहलाई ६–३, ६–२, सन्जय श्रेष्ठले बिकास पाण्डेलाई ६–२, ६–०, सिमान्त गुरुङले सब्बर मियालाई ६–०, ६–१, अनिल शाहीले सागर थापालाई ६–०, ६–१, नबिन श्रेष्ठले सन्दिप लामालाई ६–०, ६–२, सोम रानाले विकास गुरुङलाई ६–३, ६–२, सन्तोष खत्रीले सोबित गौचनलाई ६–२, ६–३, विकास गुरुङ र पदम गुरुङको जोडीले राज गुरुङ र केबी तामाङको जोडीलाई ६—४, ६—४ को सेटमा पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेका छन ।

यसैगरि ३५ मेन्स डबल्समा अनिल शाही र सिमान्त गुरुङको जोडीले सोम राना र सोबित गौचनको जोडीलाई ६–२, ६–३, राजन पौडेल र नबिन श्रेष्ठको जोडीले सोम बहादुर शाह र सन्दिप लामाको जोडीलाई ६–१, ६–०, सन्तोष खत्री र सन्जय श्रेष्ठको जोडीले अभिषेक पाठक र रिश्चल थापाको जोडीलाई ६–२, ६–० को सेटमा सेमीफाईनल प्रवेश गरेका छन ।

यसैगरि ४५ प्लस मेन्स सिगलमा रोहित सुनुवारले किम जि मनलाई ६–४, ६–२, कमल भण्डारीले रामु बिकलाई ६–०, ६–०, माधव भण्डारीले अर्जुन गुरुङलाई ४–६, ६–२, १०–४, गोपी भट्टराइले सरण गुरुङलाई ४–६, ६–२, १०–८ को सेटमा जित निकाल्दै सेमीफाईनलको यात्रा तय गरेका छन ।
यसैगरि ५५ प्लस मेन्स सिगल बिमल गुरुङले विष्णु बहादुर थापालाई ६–०, ६–०, चन्द्र शाहीले बिनोद कायस्थलाई ६–२, ६–२, विष्णु हमालले हर्क गुरुङलाई ६–२, ६–०, राजु श्रेष्ठ वाकओभर पाउदै अन्तिम चारमा प्रवेश गरेका छन ।

यसैगरि ४५ प्लस मेन्स डबल्समा गोपी भट्टराई र धर्मा लामिछानेको जोडीले किम जी मन र तेज लीको जोडीलाई ६–२, ७–५, शरण गुरुङ र बिकास गुरुङको जोडीले माधव भण्डारी र लोक गुरुङको जोडीलाई ६–१, ६–१, रोहित सुनुवार र जोली टार्जनको जोडीले राज गुरुङ र पदम गुरुङको जोडीलाई ६–३, ६–४, सुर्दशन बिष्ट र हिमाल शाहीको जोडीले छेवाङ लामा र अर्जुन गुरुङको जोडीलाई ७–६, ३–६, १०–५ को सेटमा जित निकाल्दै सेमीफाईनलमा प्रवेश गरेको टुर्नामेन्ट सुपरभाइजर कृष्णराज घलेले बताए ।

यसैगरि ५५ प्लस मेन्स डबल्स बिमल गुरुङ र हिमाल शाहले बिष्णु चापागाइ र अब्दुल सलामतलाई ६–१, ६–२, चन्द्र शाही र जली टार्गेनको जोडीले मनोज राना र ध्रव गुरुङको जोडीलाई ६–०, ६–४ को सेटमा पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेका छन ।

विहिबार २१ वटा खेलहरु हुने छन । फागुन १५ देखि १९ सम्म चल्ने प्रतियोगितामा ११ विधामा एक सय खेलाडीहरुले प्रतिस्पर्धा गरेको संघका सचिव सबर मियाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?