ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ

क्यानडामा दुघर्टनामा मृत्यु भएका दुई युवाहरुको शव नेपाल पठाइदै

१६ फाल्गुन २०८०, बुधबार
१६ फाल्गुन २०८०, बुधबार

बुटवल, १६ फागुन । क्यानडामा सडक दुघर्टनामा मृत्यु भएका दुई युवाहरुको शव नेपाल पठाईएको छ । सिन्धुपाल्चोकका पासाङ डोल्मा शेर्पा र सुशील भट्टराईको काममा जाने क्रममा बिहान ५.३२ बजेको समयमा दुर्घटनामा मृत्यु भएको हो । मृतक एक जना २३ र अर्को २६ वर्षको भएको खुलेको छ । उनीहरुको बुधवार लण्डनमै पोष्टमार्टम भइसकेको छ । बाह्मटनस्थित टोरब्राम चर्चमा दुबैको अन्तिम श्रद्धाञ्जली कार्यक्रम गरिएको छ । उनिहरुको शव नेपाल पठाउने र आवश्यक कानुनी प्रक्रियामा एनआर एन क्यानडाबाट सहजिकरण गरेको महासचिव चन्दा अधिकारीले बताईन । एनआरएन क्यानडाको अगुवाईमा करीब ५१ लाख रुपैया सहयोग जुटेको उनले बताईन । उनीहरु अन्तराष्ट्रिय विद्यार्थीका रुपमा क्यानाडा आएको र अध्ययन सकेर पोष्ट ग्राजुएट वर्क परमिटमा रहेका थिए । तीन कार आपसमा ठोक्किएको उक्त दुर्घटनामा आठजना घाइते छन् । हाल दुबैको शव टोरन्टो बिमानस्थलमा राखिएको छ । आज राती नै शव भारत हुदै नेपाल पठाईने एनआरएन क्यानडाका उपाध्यक्ष किरोज श्रेष्ठले बताए ।

क्यानडामा समस्यामा परेका धेरै नेपालीहरुको आफुहरुले सहयोग गर्दै आएको नेपाली जनसम्पर्क समिति उपसभापति मुक्तिराज पौडेलले बताए । दुर्घटनामा परेर घाईतेहरुको उपचारमा हुने आर्थिक समस्यालाई समाधान गर्दै आएको उनले बताए । हाल अध्ययन र स्थाई बसोबासी रोजागारको सिलसिलमा बसोबास ६० हजार बसोबास गर्दै आएका छन ।

कार दुर्घटनाका एक चालकलाई सवारी नियम उल्लङ्घन सम्बन्धी पाँच गम्भीर अभियोग लगाउँदै मुद्दा दायर गरिएको छ । ती आरोप प्रमाणित भए उनलाई चर्को सजाय हुने देखिएको छ । २६ वर्षीय मधु थापा मगरलाई दुर्घटनाको कारक देखाउँदै त्यस्ता अभियोग लगाइएको हो । उनी घटनास्थलबाटै प्रहरी नियन्त्रणमा छन् । अन्टारियो प्रोभिन्सियल पुलिसको मिडलसेक्स काउन्टीलाई उद्त गर्दै ’सिटिभी न्युज’ले बुधवार जनाएअनुसार चालक थापा मगरलाई अति लापर्बाही तरिकाले सवारी चलाएका कारण मृत्यु भएको अभियोग अन्तर्गत दुई र अति लापर्बाही तरिकाले सवारी चलाएका कारण शारीरिक क्षति अन्तर्गत तीन अभियोग लगाइएको छ । उल्लिखित अभियोग प्रमाणित भए चालक मगरलाई लामो समय जेल सजाय हुन सक्ने देखिएको छ । मृत्युको कारक बन्ने गरी सवारी चलाएको प्रमाणित भए आजीवन जेल सजाय हुने प्रावधान छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?