© २०२३
काठमाडौँ ।
नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट खेलाडीहरूको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ। क्यानले सोमबार सार्वजनिक गरेको ३० जनाको नयाँ वर्गीकरणअनुसार ६ जना खेलाडीहरू ग्रेड ‘ए’मा परेका छन्।
क्यानका अनुसार ग्रेड ‘ए’मा पर्ने खेलाडीहरूमा राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलसहित छन्। ग्रेड ‘ए’मा रोहितसहित, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी, आसिफ सेख र कुशल भुर्तेल परेका छन्।
कुन खेलाडी कुन ग्रेडमा?
ग्रेड ‘ए’ – रोहित पौडेल, सोमपाल कामी, करण के.सी., दिपेन्द्र सिंह ऐरी, आसिफ सेख र कुशल भुर्तेल
ग्रेड ‘बी’ – कुशल मल्ल, गुलशन झा, भिम सार्की, ललित नारायण राजवंशी, आरिफ सेख र अविनाश बोहरा
ग्रेड ‘सी’ – बिनोद भण्डारी, अर्जुन साउद, सन्दिप जोरा र प्रतिस जीसी
ग्रेड ‘डी’ – पवन सर्राफ, सागर ढकाल, अनिल साह, बिबेक कुमार यादव, आकास चन्द, बसिर अहमद र सूर्य तामाङ
इमर्जिङ क्याटोगर – दिपेश कंडेल (कोशी), रुपेस सिंह ( मधेश), रिजन ढकाल (बागमती), विपिन खत्री (गण्डकी), देब खनाल (लुम्बिनी), अर्जुन घर्ती (कर्णाली) र हेमन्त धामी ( सुदूरपश्चिम) ।
क्यानका अनुसार ग्रेड ‘ए’मा पर्ने खेलाडीलाई मासिक १ लाख रुपैयाँ तलब दिने भएको छ।
उता ग्रेड ‘बी’ लाई ७० हजार, ग्रेड ‘सी’ लाई ५५ हजार, ग्रेड ‘डी’ लाई ३५ हजार र इमर्जिङ क्याटोगरलाई २५ हजार मासिक तलब उपलब्ध गराउने निर्णय पनि क्यानले गरेको छ।