ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

स्यामुयल गुरुङ बने दोस्रो मिस्टर उजिरसिह

जिल्लास्तरीय मेन्स फिजिक्सको उपाधि अखिल भण्डारी र प्रदेशस्तरीय वुमन्स फिजिक्सको उपाधि बुटवल फिटनेश एण्ड जिम हाउसकी रबिना कुँवरले चुमेका छन ।
१२ फाल्गुन २०८०, शनिबार
१२ फाल्गुन २०८०, शनिबार

बुटवल, १२ फागुन । रुपन्देहीमा सम्पन्न दोस्रो मिस्टर उजिरसिह बडिबिल्डिङ प्रतियोगिताको उपाधि फिटनेश हबका स्यामुयल गुरुङले चुमेका छन । शनिबार भएको ओभरअल क्याटगरीमा अन्य प्रतिस्प्रर्धीलाई पछि पार्दै उनि उपाधि चुमेका हुन । उपाधिसंगै उनले नगद ५० हजार रुपैया, ट्रफि, प्रमाणपत्रबाट पुरस्कृत भए । यसैगरि प्रतियोगिता अन्तरगत जिल्लास्तरीय मेन्स फिजिक्सको उपाधि अखिल भण्डारीले चुम्दै नगद ५ हजार, ट्रफिबाट पुरस्कृत भए । यसैगरि रबिन दाहाल दोस्रो हुदै नगद २ हजार रुपैया, ट्रफि, प्रमाणपत्र र अरुण शाही तृतिय हुदै नगद ३ हजार, ट्रफि, प्रमाणपत्रबाट पुरस्कृत भए ।

यसैगरि प्रदेशस्तरीय वुमन्स फिजिक्सको उपाधि भने बुटवल फिटनेश एण्ड जिम हाउसकी रबिना कुँवर उपाधि जितेकी छिन । उपाधिसंगै उनले नगद १० हजार रुपैया, ट्रफिबाट पुरस्कृत भईन । उपविजेता रोयल फिटनेश दाङकी नम कुमारी थापा नगद ८ हजार तथा भालुभैरव जिमकी जुनु पुन तेस्रो हुँदै नगद ५ हजार रुपैया, ट्रफि, प्रमाणपत्रबाट पुरस्कृत भईन ।

एक समारोहका बिच लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सिके गुप्ताले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

कार्यक्रममा उजिरसिह माबिकी समीक्षा बिकले जितगढि किल्ला र उजिरसिह थापाको ईतिहास बारेमा जानकारी दिदै बिस १८७२ मा जितगढीमा भएको युद्धमा अग्रेज सेनालाई उजिरसिह थापाको नेतृत्वमा नेपाली सेनाले पराजित गरेको ईतिहास रहेको बताईन । उजिरसिहलाई २० वर्षको उमेरमा कर्णेलको पदवी दिएर जितगढीमा पठाईएको र उनको बीरकौशलताका कारण परम्परागत हातहतियारबाट लडेको नेपाली सेनाले अत्याधुनिक हतियारसहित सुसज्जित अग्रेज फौजलाई पराजित गरेको थियो । उनको २९ वर्षकै उमेरमा औलोबाट उनको मृत्यु भएको थियो । जितगढीलाई सम्पदा सुचिमा राख्ने र उजिरसिहलाई राष्ट्रिय विभुति घोषित गर्न जरुरी रहेको उनले धारणा ब्यक्त गरिन ।

यसैबिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवि अर्याल, प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई, नेपाल शारिरिक सुगठन तथा फिटनेश महासंघका केन्द्रीय उपाध्यक्ष सितु प्रसाद श्रेष्ठ, बुटवल नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया, बुटवल उपमहानगरपालिका खेलकुद शाखा प्रमुख कोपिला ज्ञवाली, मध्यपश्चिम प्रितना हेटक्वाटरका प्रमुख सेनानी दुर्गा बहादुर थापा, खेलकुद पत्रकार स्वस्तिक श्रेष्ठ, पावर लिफ्टिङ संघका अध्यक्ष चन्द्रमान श्रेष्ठले विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन । कार्यक्रममा नेपाल शारिरिक सुगठन तथा फिटनेश महासंघका केन्द्रीय उपाध्यक्ष सितु प्रसाद श्रेष्ठ नियमित ब्यायाम, सन्तलित आहारबिहारबाट बनाएको शरिरलाई प्रदर्शन गर्ने खेल नै शारिरिक सुगठन भएको बताए । राजधानी पछिको शारिरिर सुगठनको हबका रुपमा बुटवलको पहिचान बनेको उनले बताए ।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले खेलकुदको हबका रुपमा बिकास गर्ने लक्ष्यसहित योजनावद्घ रुपमा कार्यक्रमहरु तयार गरेको बताईन । खेलकुद गतिविधिसंगै पुर्वाधार विकासका धेरै कामहरु अघि बढेको उनले बताईन ।

कार्यक्रममा रुपन्देही जिल्ला शारीरिक सुगठन संघका अध्यक्ष राजकुमार श्रेष्ठले खेलकुदमा जोडिएसंगै मानिस र समाज स्वस्थ्य रहन सक्ने भन्दै खेलबाट नै विश्वमा उत्कृष्ट राष्ट्रहरुलाई पराजित गर्न सकिने उदाहरण धेरै रहेको बताए ।

कार्यक्रममा बुटवल नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले फिटनेशबाट युवाहरुमा शरीर फिट हुनेमात्र नभई देशकै नाम अन्तराष्ट्रिय मंचमा देखाएर चिनाउन भुमिका खेल्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?