© २०२३
दिनेश प्रसाद लोध
लुम्बिनी ।
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ३ पडरियामा बिराट दंगल कुस्ती सुरु भएको छ ।
कुस्ती कार्यक्रममा बोल्दै नगर प्रमुख सजरुद्दीन मुसलमानले कुस्तीखेलले शरीर बलियो हुनुका साथै शरीर बृत्ति विकास, मानसिक विकास हुँदै आफ्नो शरीरको आत्मरक्षा गर्न सकिने भएकोले नेपालबाट कुस्ती खेल लोप हँुदै गएको बताए । उनले यस खेललाई जोगाउनका लागि कुस्ती खेल कार्यक्रमका गरिएको मुसलमानले बताए ।
कुस्ती खेलमा नेपालबाट र भारतको मुम्बई, पन्जाव, लखनऊ, दिल्ली राज्यका पहलवानहरुको सहभागी भएका थिए । कुस्ती खेलले लुम्बिनीका युवाको खेलमा मनोबल बढाउँदै लैजाने र अगामी दिनहरुमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका कार्यक्रमहरुलाई निरन्तरता दिने बताए ।
कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकामा उपप्रमुख कल्पना हरिजन, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ज्ञवाली, वडा नम्बर ५ का अध्यक्ष खुर्सेद आलम, बडा नं. ४ का वडाअध्यक्ष विनोद श्रीवास्तव, नगर सल्लाहकार मोहम्मद सईद, समाजसेवी राजन उपाध्याय, लुम्बिनी प्रहरी कार्यालयका प्रमुख कन्चन तामाङ, सशस्त्र प्रहरीका प्रमुख समिर गौतमलगायतले बोलेका थिए ।