© २०२३
बुटवल, ११ फागुन । रुपन्देहीमा सम्पन्न देवदह कप ईन्टर स्कुल क्रिकेट प्रतियोगिता २०८० को उपाधि न्यु होराईजन बोर्डिङ स्कुलले चुमेको छ । शुक्रबार भएको फाईनल खेलमा शान्ति नमुना माबिलाई २ बिकेटले पराजित गर्दै उपाधि आफनो पक्षमा पारेको हो । उपाधिसंगै होराईजनले नगद १० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता शान्ति नमुना भने नगद ५ हजार, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा खेलमा न्यु होराइजनका कमरान खान म्यान अफ दी सिरिज, बेष्ट ब्याट्मेन नबिन भण्डारी र शान्ति नमुनाका सागर भण्डारी बेष्ट बलर घोषित हुदै पुरस्कृत भए ।
देवदह क्रिकेट मैदानमा टस जितेर शान्ति नमुनाले ब्याटिङ रोज्दै निर्धारित २० ओभरमा ९२ रनको लक्ष्य खडा गरेको थियो । उसका लागि रोशन बश्यालले १९ बलमा १६ तथा आशुतोष पाण्डेयले १२ बलमा १२ रनको योगदान दिए । कम स्कोरमा रोक्न न्यु होराईजनका कमरान खानले ४ ओभरमा १८ रन खर्चेर २ तथा सन्दिप ढकालले ४ ओभरमा १ मेडलसहित १५ रन खर्चेर २ विकेट लिएका थिए । न्यु होराईजनले १९.५ ओभरमा ८ बिकेटको नोक्सानीमा लक्ष्य भेटायो । न्यु होराइजनको जितमा कमरान खानले नटआउट ३४ बलमा ३४ रन तथा अनुप न्यौपानेले २५ बलमा १८ रनको योगदान दिए । शान्ति नमुनाका रोशन बश्यालले ४ ओभरमा २ मेडलसहित ७ रन खर्चेर १ तथा आशुतोष पाण्डेय र सागर भण्डारीले समान १–१ बिकेट लिए । खेलमा न्यु होराईजनका कमरान खान म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
प्रतियोगितामा विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई एक समारोहका बिच पुर्व क्रिकेट खेलाडी तथा प्रशिक्षक शक्ति गौचन, देवदह क्रिकेट युनिटका अध्यक्ष अजय थापा, रोहित बाग्ले, अर्जुन रायमाझी, रोशन क्षेत्रीले पुरस्कार वितरण गर्दै युवा खेलाडीहरुलाई प्रोत्साहन हुने गरि प्रतियोगिता आयोजना भएको बताए । लिग कम नकआउटको आधारमा खेलाईएको प्रतियोगितामा रुपन्देहीका ६ विद्यालयहरुले भाग लिएका थिए ।