© २०२३
तिलोत्तमा,११ फागुन । तिलोत्तमा कप क्रिकेटको फाइनलमा वडा नंं २ र ६ भिड्ने भएका छन् । नव जीवन क्लबको खेल मैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा वडा नं ४ लाई ५ विकेटले हराउंदै वडा नं ६ फाइनलमा पुगेको हो । सो खेलमा सम्राट थापा म्यान अफ द म्याच भए । यस्तै दोस्रो सेमिफाइनलमा वडा नं १७ लाई १६ रनले हराउंदै वडा नं २ फाइनलमा पुगेको प्रतियोगिताका संयोजक एवं आयोजक नवजीवन क्लबका उपाध्यक्ष सागर पाठकले बताए । सो खेलमा महेन्द्र सुवेदी म्यान अफ द म्याच भए ।
फाल्गुण १३ गते फाइनल खेलमा वडा नंं २ र ६ भिड्ने भएका छन् । नवजीवन क्लब र तिलोत्तमा नगरपालिका आयोजक तथा नगरपालिकाकै आर्थिक सहयोगमा प्रतियोगिता भएको हो। प्रतियोगितामा प्रथम हुनेले ५० हजार,दोस्रोले २५ हजार,प्लेयर अफ द सिरिजले १० हजार तथा बेस्ट बलर र बेस्ट ब्याट्स म्यानले ५ हजारका दरले पुरस्कार पाउने क्लबका अध्यक्ष केशव भुसालले बताए । फाइनल अघि शनिबार तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच मैत्रिपूर्ण क्रिकेट प्रतियोगिता हुने छ ।