© २०२३
तिलोत्तमा,९ फागुन । तिलोत्तमामा जारी तिलोत्तमा कप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएका दुई खेलमा वडा नं २ र ४ विजयी भएका छन् । नव जीवन क्लबको खेल मैदानमा भएको पहिलो खेल तिलोत्तमा वडा नंं ६ विरुद्ध वडा नंं ४ ६ रनले विजयी भएको छ । सो खेलमा सुजन न्यौपाने प्लेयर अफ द मयाच घोषित भए ।
यस्तै तिलोत्तमा वडा नंं २ र वडा नं ७ बीच भएको खेलमा वडा नंं ७ लाई ५३ रनले हराउंदै वडा नं २ विजयी भएको छ । सो खेलमा महेन्द्र सुवेदी क्षेत्री प्लेयर अफ द म्याच भए । भोलि फागुन १० गतेको पहिलो खेल तिलोत्तमा वडा नंं ६ र ३ बीच र दोस्रो खेल तिलोत्तमा वडा नंं १४ र वडा नंं १७ बीच हुने प्रतियोगिताका संयोजक एवं आयोजक नवजीवन क्लबका उपाध्यक्ष सागर पाठकले बताए । तिलोत्तमा नगरपालिका समेत आयोजक र नगरपालिकाकै आर्थिक सहयोगमा प्रतियोगिता भएको हो ।
प्रतियोगितामा तिलोत्तमाका १७ वडा मध्ये वडा नंं १२ वाहेक १६ वडाका टिमको सहभागिता छ । फागुन १३ गतेसम्म चल्ने प्रतियोगितामा प्रथम हुनेले ५० हजार,दोस्रोले २५ हजार,प्लेयर अफ द सिरिजले १० हजार तथा बेस्ट बलर र बेस्ट ब्याट्स म्यानले ५ हजारका दरले पुरस्कार पाउने क्लबका अध्यक्ष केशव भुसालले बताए ।