© २०२३
काठमाडौं।
विश्वकप लिग-२ क्रिकेटअन्तर्गत नामिबियाविरुद्ध भिडिरहेको नेपालले एक सय ६९ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको जिम्मा पाएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर एक सय ६८ रन जोड्यो।
नेपालका लागि आसिफ शेख ५८, कुशल मल्ल ३६,भीम सार्कीले २६ , कुशल भुर्तेल १८ र करण केसीले १२ रन जोडेर आउट भए। दीपेन्द्रसिंह ऐरीले ६ र सोमपाल कामीले ४ रन बनाए। रोहित पौडेल, देव खनाल र अनिल शाहले खाता खोल्न सकेनन्।