Butwal Today

नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, एक खेलाडी परिवर्तन

९ फाल्गुन २०८०, बुधबार
अ+
अ-

 काठमाडौँ ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो।

नामिबियाविरुद्धको दोस्रो खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ। गुल्सन झाको स्थानमा करण केसी टोलीमा आएका छन्।

नेपाल पहिलो खेलमा नामिबियासँग ४ विकेटले हारेको थियो। नामिबियाविरुद्धको पहिलो खेलमा नेपाल १ सय ३२ रनमै अलआउट भएको थियो।

आजको खेलबाट नेपाल त्यो हारको बदला लिन चाहन्छ।