ट्रेंडिंग:

>> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई

आशा जगाउने र निराशा घटाउने केही परिदृश्यहरु

९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

नेपालसँगै विकासको यात्रा सुरु गरेका देशहरुले विकास, समृद्वि र सुशासनमा चमत्कार गरिसकेको परिवेश र हामीहरु अझै अलमल परेर रुमल्लिरहेको हुँदा शान्ति, सुशासन, समृद्वि र विकासमा अझै प्रतिवद्व भएर काम गर्नुपर्ने चुनौती रहेको छ । विकासका समसामयिक चुनौतीहरुलाई सामना गर्नको लागि विद्यमान कार्यशैली र कार्यतालिकामा परिवर्तन गरी ब्यारेक मोडेललाई अनुसरण गरी हाम्रो राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना परियोजना सम्पन्न गर्नुपर्ने टड्कारो चुनौती हामी सामु रहेको छ ।

सरसर्ती सामाजिक संजाल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिदृश्य, भूराजनैतिक अवस्था नियाल्दा देशमा भएन हुँदैन भन्दै नराम्रा कुरा मात्रै खोतल्ने, नराम्रा कुराको मात्र वर्णन गर्ने अभ्यास ह्वात्तै बढेको छ । मानिसहरुमा उत्साह भर्ने, समाधान देखाउने, अध्ययन गर्ने तथ्य र तथ्यांकका आधारमा बोल्ने, केलाउने समाधानको सुत्र पहिल्याउने बानीमा कहिँ कतै अवरोध सृजना भएको हो या त्यति चासो नदिईएको हो की भन्ने प्रश्न खडा भएको छ ।

प्रधानमन्त्री प्रचण्डका शव्दहरुमा समाजमा नकारात्मकता किन बढिराखेको छ ? खुलेआम नकारात्मक प्रचारबाजी गरिरहँदा पनि शालिनापूर्वक प्रतिवाद गर्ने र तथ्य पर्गल्ने आँट किन छैन ? प्रतिवाद गर्ने, लेख्ने, बोल्ने र प्रतिवद्ध भएर अगाडि बढ्न के ले रोकेको होला ? किन जोश आइराखेको छैन हामीलाई ? के ले रोक्छ ? के ले छेक्छ ? प्रदेश प्रदेशमा, स्थानीय तहपिच्छै वडा वडामा सकारात्मक उर्जा भर्न गर्न के ले रोकेको हुन्छ ? किन ढिला गरिराखेका छौ हामीले ? ठोस कार्यक्रम बनाएर जोडदार ढंगले जनतामा जान किन नसकिएको हो । किन हिच्चिचाईरहेका छौ हामीहरु किन ? किनकी उद्देश्यप्रति धेरै उदासिन भईसकेका कारण यसो हुन गएको हो ?

राजनीति गर्ने व्यक्ति र संचित कोषबाट उच्च स्तरको सुविधा लिएका व्यक्तिको छोराछोरी विदेश गएर उतै बस्छन् भने तिनलाई दण्डित गर्नुपर्दछ भन्ने आवाज पनि जोडदार रुपमा उठिराखेको छ । अमृत क्याम्पस पढाउने अनि निजी कलजेमा विद्यार्थी पढ्न जा भनेर दोधारे चरित्र प्रस्तुत गर्ने ? विर अस्पतालको डाक्टर नर्सिङ्ग होम खोल्ने त्यहाँ लगेर विरामी बेच्ने ? तिनलाई कारवाही हुनु पर्दैन ? भन्ने कुरा पनि सामाजिक संजालमा व्यापक मात्रामा सुनिन्छ । त्रिभुवन विश्व विद्यालयको भिसी हुने निजी क्षेत्रका चारवटा कलेजमा शेयर राखी मालिक बन्ने ? किन यस्तो प्रवृत्ति मौलायो भनेर प्रश्न पनि गरिएको छ ।

हालैका केही परिदृश्यले नागरिकमा मौलाउँदै गएको निराशालाई चिर्ने प्रयास भएको छ । पहिलो परिदृश्यमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको मध्यपहाडी लोकमार्ग झुलाघाट चिवाभञ्ज्याङ पदयात्राले मध्य पहाडीका जिल्लामा आशा उत्साह र जोश आर्थिक गतिविधिलाई चलायन बनाउनुका अतिरिक्त ७० बर्ष पार गर्नु भएका र असाध्य रोगको औषधि सेवन गरिरहनु भएका सम्माननीय पूर्वप्रधानमन्त्रीज्यूले नागरिकसँग अन्तरसंवाद र सामाजिक संजालमा अन्तत्र्रिmया समेत गर्दै नागरिकमा उत्साह भर्ने कामले आम नागरिकमा दुईप्रकारले उत्साह थपेको छ । प्रथमत श्रद्धेय केपी ओलीले व्यक्तिगत जीवनलाई कसरी उत्पादनमूलक र लयवद्ध बनाउन सकिन्छ भन्ने विषयमा सन्देश दिनु भएको छ । अर्को तर्फ पार्टीलाई जीवन्त र गतिशील बनाउनको लागि राजनैतिक दल र नागरिकबिचको अन्तरसंवादलाई बलियो वनाउने, नागरिकका पिरमर्का विकासका गाँठागुठी फुकाउने लगायतका कामहरु सम्पन्न गर्दै आम कार्यकर्ता तह सम्मलाई नयाँ शैलीले जुरुक्क उचाल्न सक्नु भएको छ । यसले मध्यपहाडी राजमार्गसँग जोडिएका जिल्लाहरुलाई समेत थप उत्साह थपेको छ । मध्यपहाडी पदयात्राले नागरिकमा आशा, विकासमा दलीय एकता, अर्थतन्त्र चलमान दलप्रति नागरिक समर्थन र मध्यपहाडमा बढ्दो क्रेज देखाएको छ । समग्र नागरिकहरुमा उत्साह थप्ने काम गरेको छ । यसले राजनीतिक कार्यकर्ताहरुलाई समुदायको समसामयिक मनोविज्ञान बुझ्नको लागि सहयोगी त बन्यो नै यसका अतिरिक्त नागरिकहरुको अन्तत्र्रिmयाले नेतृत्व लिन चाहनेहरुलाई अझ बलियो र कसिलो बनाउन मद्दत मिल्यो ।

देशमा हुन्न, छैन, बन्दैन भन्ने जस्ता शहरीया भाष्य निर्माण गरी आम नागरिकमा निराशाको खेती गर्नेहरुका लागि सम्माननीय प्रधानमन्त्री पुष्पकमल दहाल “प्रचण्ड“ले देशबासीका नाममा गर्नु भएको सम्बोधनले केही उत्साह जगाउने, आमरुपमा सकारात्मक सन्देश प्रवाह गरेको छ । सकिदैन बन्दैन हुँदैन भन्ने नकारात्मकताले जरैदेखि समाजको सिर्जनात्मकता मारिरहेको अवस्थामा प्रधानमन्त्रीज्यूका केही विश्लेषण, केही समीक्षा, केही अनुभूति, केही संकल्पहरु खुला हृदयले राख्नुले पनि आम नागरिकमा एकप्रकारको आशाको संचार गराएको पाइन्छ ।

यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा राम मन्दिर उद्घाट गर्दै विश्वलाई एउटा नयाँ सन्देश दिनु भएको छ । मन्दिर उद्घाटनको भोलिपल्ट अयोध्यामा एकदिन पाँच हजार पर्यटकहरुको आवागमन भएको छ । मन्दिर उद्घाटनको अवसरमा प्रधानमन्त्री मोदीको निकै लयवद्ध, सिलसिलावद्ध, आध्यात्मिक, निकै प्राज्ञिक र ओजपूर्ण अभिव्यक्तिले सारा विश्वको ध्यानआकृष्ट गर्दै उत्कृष्ट नेतृत्वको पहिचान दिन सफल हुनुभएको छ । राम आग नहीं राम उर्ज है राम विवाद नही, राम समाधान हैँ । राम सिर्फ हमारे नहीँ राम तो सबकै है राम वर्तमान नहीँ राम अनन्तकाल है भन्ने सारगर्वित भनाईले समस्त हिन्दूहरुको मन जित्न सफल हुनु भएको छ । राष्ट्रिय आकांक्षा र प्रगतिको भोकलाई थप सशक्त बनाएको छ । राम मन्दिरको भूमिपूजनपछि भारतभर उत्साह र जाँगर बढ्दै गएको छ । निर्माण कार्य देखेर भारतबासीमा दिन प्रतिदिन नयाँ आत्मविश्वास जागिरहेको छ । शताब्दीयौंको धैर्यको विरासत प्राप्त भएको छ । श्रीरामको मन्दिर प्राप्त भएको छ । दासताको मानसिकता तोडेर उठेको राष्ट्र, विगतका हरेक चट्टानबाट हिम्मत लिने राष्ट्र यसरी नयाँ इतिहास रच्दैछ । भारतको अयोध्या मन्दिर उद्घाटनले मिति र क्षणको बारेमा कुरा गर्नेछन् । नेपाल लगायतका भारतका विभिन्न गाउँघरमा एकैसाथ कीर्तन र संकीर्तन भइरहेका छन् । आज मन्दिरमा चाडपर्व मनाइँदैछ, सरसफाइ अभियान चलिरहेको छ । भारत नेपालका केही ठाउँमा दीपावली गरियो । साँझ घरघरमा रामज्योति प्रज्वलन गरिएको पाइयो । यो घटनाले विश्व राजनीतिमा अलग्गै पहिचान बनाउन सफल भएको छ ।

नेपालमा युवाहरुले स्थान पाईएन भनेर विभिन्न सार्वजनिक समारोहमा चर्चा र परिचर्चा भईरहँदा फ्रान्समा ३४ वर्षीय युवा प्रधानमन्त्री हुनुले नेपालका युवाहरुमा थप उर्जा प्रदान गरेको छ । युवाहरु अझै जुझारुपनका साथ कम्मर कसेको पाइन्छ । यसै सिलसिलामा काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाह उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले काठमाडौँ महानगर हाँक्ने जिम्मेवारी प्राप्त गरेका छन् ।

समाजमा निराशाको विष छर्नुभन्दा अवसरहरु कहाँ कहाँ छन् । ती अवसरहरु कसरी प्राप्त गर्न सकिन्छ । ती प्राप्त गर्ने प्रक्रियाहरु के के हुन् । समाजमा नागरिकको भूमिका र कर्तव्य के हो ? सकारात्मक दवाव र समाजलाई उर्जावान बनाएर समृद्धिको यात्रालाई दिगो बनाउन सकिने हुँदा यसतर्फ लाग्नु पर्ने देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?