© २०२३
बुटवल, ७ फागुन । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलमा नयाँ नेतृत्व चयन भएसँगै विवाद बढेको छ । समितिको २३ औं साधारणसभा तथा १३ औं अधिवेशनबाट टिकाराम गौतम अध्यक्ष रहेको नयाँ नेतृत्व सर्वसम्वत रूपमा निर्वाचित भएको घोषणा निर्वाचन समितिले गरेको थियो । सर्वसम्मत गर्ने नाममा आर्थिक हिनामिनाका आरोपी गौतमलाई निर्वाचन मण्डलले अध्यक्ष घोषणा गरेपछि विवाद सुरु भएको हो ।
निर्वावचन मण्डलका हालका बरिष्ठ उपाध्यक्ष तथा कार्यसमितिमा रहेका अधिकांस सदस्यलाई पाखा लगाउँदै एकतर्फी रूपमा गौतमलाई अध्यक्ष घोषणा गरेको आरोप समेत लागेको छ । निर्वाचन मण्डलका संयोजक पूर्व अध्यक्ष अर्जुन रानाभाट, सदस्यमा पूर्व अध्यक्ष गुप्त बहादुर केसी र लोकराज पोखरेललाई कार्यसमितिले तोकेको भएपनि निर्वाचन मण्डलले थप झपेन्द्र अधिकारीलाई निर्वाचन समितिमा मनोनयन गरेको थियो । समितिले निर्वाचन मण्डलमा अधिकारीलाई थपेपछि पनि अर्को समूहले भने विरोध जनाएको थियो ।
व्यवसायीहरूले लामो समयदेखि अध्यक्ष टिकाराम गौतम माथि आर्थिक हिनामिनाको आरोप लगाउँदै छानविनको माग गर्दै आएका थिए । आर्थिक हिनामिनाको आरोप लागेका निवर्तमान अध्यक्ष नै पुनः अध्यक्षमा निर्वाचित भएको निर्वाचन मण्डलले घोषणा गरेपछि अन्य व्यवसायीहरूले भने यसको सशक्त विरोध गर्ने जनाएका छन् ।
व्यवसायी महेन्द्र कार्कीले हालै नवनिर्वाचित अध्यक्ष गौतम पदमा रहँदा यसअघि ०७५ असोज २१ गते दुर्घटना भएको सवारीको विमाबाट समेत मुद्दा हारेको र उक्त फाईल नं. ८० बाट ८ लाख ३३ हजार भ्रष्टचार गरेको भन्दै भ्रष्टचारीलाई अध्यक्षमा स्वीकार गर्न नसक्ने बताए । निर्वाचन मण्डललाई विलबुकमा फोटो भएपनि कमाई खाने गाडि नभएका, विवादमा नआएका व्यक्तिलाई नेतृत्वमा ल्याउन म्यान्डेट दिएपनि उक्त प्रतिबद्धता जनाए जस्तो नेतृत्व नआएको भन्दै उनले अध्यक्ष गौतम बाहेक अरूको नेतृत्वका बारेमा आफूहरूले सोंच्न सकिने बताए ।
साथै उनले निर्वाचन समितिबाट आफूहरूलाई धोका भएको समेत बताए । उनले मतदान गर्न पाउने अधिकारलाई बञ्चीत गरेर पद नखुलाई फाराम भराएर आकांक्षीहरूलाई नेतृत्व बाहिर राख्ने काम गरेको बताए ।
त्यस्तै अर्का व्यवसायी डिल्लीराम रिजालले निर्वाचन मण्डललाई निष्पक्ष निर्णय गर्नका लागि अधिकार दिएपनि विलबुकेहरूलाई नेतृत्वमा ल्याइएको बताए । साथै उनले नीतिगत भ्रष्टचार गर्नेहरूले संस्थालाई अगाडि बढाउन नसक्ने समेत बताए । समितिको हालै मात्र भएको निर्वाचनबाट बरिष्ठ उपाध्यक्षमा कमल घिमिरे, उपाध्यक्ष खुल्लामा कृष्ण ठकुरी, उपाध्यक्ष रूपन्देही बसन्ती आले र नारायाणप्रसाद रेग्मी, नवलपरासी उपाध्यक्षमा खुमबहादुर विसी, नवलपुर उपाध्यक्षमा शाभाकान्त पाण्डेय, काठमाडौं उपाध्यक्षमा देवेन्द्र वानिया, गुल्मी, पाल्पा स्याङजा उपाध्यक्षमा निरज केसी, कपिलवस्तु, अर्घाखाँची उपाध्यक्षमा उज्वल केसी, महासचिव खिमबहादुर थापा, सचिव बसन्त खड्का, कोषाध्यक्ष शंकर लम्साल सर्वसम्वत रूपमा निर्वाचित भएका थिए ।
त्यस्तै समितिको सदस्यमा दुर्गाबहादुर कार्की, काशीनाथ पोखरेल, भूमिराम गैरे, ठाकुर खड्का, रनबहादुर कंडेल, हुमनाथ आचार्य, गोकुल शर्मा, खगेश्वर काफ्ले, रमेश भुसाल र राजकुमार लामा निर्वाचित भएका भएका थिए । यता, निर्वाचन समितिका संयोजक रहेका समितिका पूर्व अध्यक्ष अर्जुन रानाभाटले निर्वतमान कार्यासमिति, पूर्व पदाधिकारीहरूले समावेशी समूह निर्माण गर्न म्यान्डेट दिएको र सोही अनुसार निर्वाचत समितिले काम गरेको बताए । उनले आरोप प्रत्यारोपको विषयमा भने आफूले अनविज्ञता प्रकट गरे । उनले भने–‘यो विषयमा जे म्यान्डेट आएको थियो, सोही अनुसार सबैलाई समेटेर कामगरेको हो ।’
यता, अध्यक्षमा निर्वाचित टिकाराम गौतमलले अरोप लगाउने काम मात्रै भएको भन्दै यसमा कुनै पनि यथेष्ठ प्रमाण नभएको बताए । उनले बिमा बापत आउने रकमको विषयमा आरोप लगालएको भएपनि बिमाबाट रकम आउने र सोही बापत रकम दाखिला गर्ने बताए । यो विषयमा बिमा प्राधिकरणमा मुद्दा समेत चलेको र मिलापत्र समेत गर्ने कुरा भैरहेको बताएका छन् । बुटवल टुडे संगको कुराकानीमा उनले भने–‘मेरो पेशा नै यातायात क्षेत्र हो, लामो समयदेखि नै ट्रक व्यवसायीको रूपमा काम गरेको छु, आरोप लगाप लगाउँदैमा कुनै पनि प्रमाण पुग्दैन, बिमाबाट रकम आएपछि दाखिला हुन्छ ।’