© २०२३
बुटवल, फागुन । इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय बुटवल रामनगरले बुटवलका मुख्य बजार भित्र रहेका होटलहरूको अनुगमन सुरु गरेको छ । होटलहरूमा हुने गलत क्रियाकलाप र त्यसबाट उत्पन्न हुने अपराधीक कार्य लाई रोक्न अनुगमन सुरु गरेको प्रहरीले दाबी गरेपनि यसलाई कतिपय होटल व्यवसायीहरूले प्रहरीले बार्गेनिङ्ग गर्ने गरेको आरोप लगाउने गरेका छन् ।
नियमसम्मत रूपमा चल्दै आएका होटल व्यवसायीहरूलाई तर्साउने गरी प्रहरीको अनुगमन हुने गरेको आरोप समेत होटल व्यवसायीहरूले लगाउँदै आएका हुन । प्रहरीले होटलमा आउने सेवाग्राहीको रेर्कड(विवरण) अनिवार्य गरेको भएपनि त्यो राखे वा नराखेको विषयमा छानविन गर्दै आएको छ । यसरी विवरण नराखेको भन्दै बुटवलका ४ दर्जन बढि होटलमा प्रहरीले एकै दिन छड्के अनुगमन गरेको बताएको छ । राज्यले प्रतिबन्ध लगाएका कार्यसमेत होटलमा हुने गरेको दाबी प्रहरीको छ । अनुगमनमा खटिएका एक प्रहरीका अनुसार बुटवलमा सन्चालित होटलहरूमा आउने ग्राहकको केही होटलहरूले रेकड राखेको पाईएपनी केही होटलहरूले तेस्तो नगरेको अनुगमनका क्रममा फेला परेको बताए ।
पहिलो पटक अनुगमन गरीएकाले भएका कमी कम्जोरी सुधार गर्न र सम्झाई बुझाई गरीएको प्रहरीको भनाइ छ । आउने दिनहरूमा ब्यबसायीमा सुधार नभए कानुन अनुसार कारबाही गरीने इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक बिजय राज पण्डितले बताए । पहिलोचोटी अनुगमन गरीएको भन्दै कसैले रेकड राखेको छ छैन ? होटलमा प्रयाप्त सुरक्षाको ब्यवथापन गरेको छ छैन ? भन्ने कुरालाई बढी ध्यान दिएर अनुगमन गरीएको प्रमुख पण्डितले बताए ।
बुटबलको इटाभटी क्षेत्र, नेपालगँज रोड क्षेत्रका, बसपार्क क्षेत्रका, ट्राफीक चोक क्षेत्रका करिब ४५ बढी होटलहरूमा अनुगमान गरीएको प्रहरी प्रमुख पण्डीतको भनाई छ । यो अनुगमनले धेरै होटल ब्यबसायीलाई आफ्नो ब्यबसाय सुधारको मौका समेत मिलेको भन्दै राज्यले तेकेको र कानुनमा बन्देज गरीएका कामहरू गरे तुरुन्त कारबाही हुने प्रहरी जनाएको छ ।