ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

शिक्षा क्षेत्रमा सुधार गर्न राजनीतिक नेतृत्वको इच्छा शक्ति चाहिन्छ : सभामुख

६ फाल्गुन २०८०, आईतवार
६ फाल्गुन २०८०, आईतवार

बुटवल, ६ फागुन । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले शिक्षा क्षेत्रमा आमुल परिवर्तनको लागि राजनीतिक नेतृत्वको इच्छा शक्ति आवश्यक रहेको बताए । शनिबार वुटवलमा आयोजित नेपाल राष्ट्रिय अभिभावक संघ लुम्बिनी प्रदेश प्रथम अधिबेशनको उद्घाटन गर्दे राजनीतिक इच्छा विना कुनै पनि काम अघि वढ्न नसक्ने बताए । शैक्षिक सुधारको लागि नेताहरूमा इच्छा शक्ति चाहिएको बताउनुहुदै उहाँले त्यसको लागी निरन्तर खबरदारी दिन आवश्यक रहेको बताए । उनले “गुणस्तरीय शिक्षाको लागी नेतृत्वको सोच कहीलै देखिएन । माथीबाटै कुरा विग्रएको छ । राष्ट्रको लागि आवश्यक जनशक्ति उत्पादन गर्ने शिक्षा नीतिको लागी तपाईहरूले संघ प्रदेशमा दवाव दिनै पर्छ ।”
उनले प्रदेशले नेपालको परिवेश अनुसार प्रदेश शिक्षा ऐन ल्याउने प्रतिवद्धता जनाउदै संघीय सरकारले शिक्षा ऐन छिटो ल्याएमा प्रदेशलाई बाटो खुल्ने बताए । सभामुख घर्ती मगरले संघको लुम्विनी प्रदेशको नेतृत्वलाई अग्रिम बधाई दिदै शिक्षा क्षेत्रको विकासको लागी राज्यलाई नै घचघचाउने र खवरदारी गरिरहने नेतृत्वको नेपालको शिक्षा क्षेत्रले खोजीरहेको बताए ।

कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष कोष बहादुर जी. सी.ले संस्कार युक्त शिक्षाको आवश्यकता रहेकाले शिक्षामा ब्यावहारीक सीपयुक्त नेपालको परिवेश शिक्षा नीति चाहिएको बर्ता । उनले शिक्षा ऐन निर्माणमा नेपाल रास्ट्रिय अभिभावक संघले सरकारलाई सुझाव दिएको र ८० लाख अभिभावकको भावनालाई कसैले कुल्चिएर जान नसक्ने बताए । कार्यक्रममा बरिस्ट उपाध्यक्ष सुन्दर बाबु श्रेष्ठ उपमहासचिव हरि भक्त महर्जन, केन्द्रिय सचिवालय सदस्य हरि प्रसाद कैरी, केन्द्रिय सदस्य पुर्ण चन्द्र तिवारी, केन्द्रिय सदस्य गोबिन्द गौतम, संघका गण्डकी प्रदेश अध्यक्ष कलाधर भट्ट, निबृत रास्ट्रसेवक समाज रूपन्देहीका कोषाध्यक्ष लक्ष्मण ज्ञवाली, लुम्बिनी प्रदेशका इन्चार्ज राम बहादुर रायमाझी लगायतले बोलेका थिए । अभिभावक संघका पदाधिकारीहरूले गलत शिक्षा नितिका कारण बिद्यार्थी बिदेश पलायन भएको बताए ।
उनले शिक्षा क्षेत्रमा देखिएको अन्योलताको अन्त्य गर्न संघीय सरकार र प्रदेशले शिक्षा सम्बन्धि ऐन छिटो ल्याउनु पर्ने भन्दै विद्यार्थी बिदेश जानुको कारण खोज्नु पर्ने बेला आएको अभिभावकहरूको भनाइ छ । उहांहरूले शिक्षामा पूर्वीय मुल्य मान्यतामाथी नै हस्तक्षेप भएको बताउदै नेपालको परिवेश अनुसार शिक्षा नीति बनाउनु पर्नमा जोड दिए ।

राष्ट्रिय अभिभावक संघ लुम्बिनीमा खनाल
यसैविच नेपाल राष्ट्रिय अभिभावक संघ लुम्विनी प्रदेशको प्रथम अधिवेशनले थानेश्वर खनाल (कपिलवस्तु)को अध्यक्षतामा नयां कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा देवराज मल्ल (दाङ्ग), उपाध्यक्षमा दिल कुमारी मल्ल (रुकुम पूर्व), सचिवमा हरि प्रसाद रेग्मी (रूपन्देही), सह–सचिवमा शिवकला वि.क.(अर्घाखांची), कोषाध्यक्षमा कमल भट्टराई (पाल्पा), सह–कोषाध्यक्षमा बाल कुमारी रास्कोटी (गुल्मी), रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?